सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाण्डौ, जेष्ठ २७ गते
सामुदायिक रेडियो प्रसारक संघ नेपाल बागमती प्रदेश समितिले प्रदेशका सामुदायिक रेडियो प्रसारकहरुलाई दुईदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । सामुदायिक रेडियोको नीतिगत वहस गर्दै सोमबारबाट शुरु भएको सो तालिम आज सम्पन्न गरेको हो । रेडियो विपद्मा अत्यन्त महत्वपूर्ण सञ्चार माध्यम भएको सबैले महसुस गरेपनि रेडियो मैत्री वातावरण बन्न नसकेकोप्रति समीक्षा गर्दै यसको संस्थागत विकासकालागि राज्यले रेडियोको समस्या र गुनासाहरुको सुनुवाई गनुृपर्नेमा जोड दिदै रेडियोका उत्पादनहरुलाई थप समुदायमुखी बनाउन तथा सामाजिक सञ्जाल एवं अन्य बैकल्पिक माध्यमहरु मार्फत पनि सूचना, समाचार, अन्तर्वार्ता प्रस्तुत गर्न प्रविधि मैत्री हुनुपर्ने भन्दै एआई प्रविधि बारे समेत प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा वरिष्ठ रेडियोकर्मी रघु मैनालीले रेडियोको व्यवस्थापनका चुनौती, अवसर र अवको बाटो, आर्थिक संकटबाट कसरी जोगाउने ? भन्ने विषयमा प्रशिक्षण दिएको थियो भने अमार्कका निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियोको अहिलेको संकट समाधानका लागि अन्तर्राष्ट्रिय सिकाइ बारे प्रशिक्षण दिएको थियो ।

सामुदायिक सूचना नेटवर्कका प्रमुख दिपक आचार्यले तालिम अर्थात प्रशिक्षण कार्यक्रमको उदेश्य, तालिमको तालिकाको बारेमा जानकारी दिएको सो तालिममा प्रशिक्षक समिर बलामीले सामुदायिक रेडियोमा एआईको प्रयोग, पवन तिमल्सिनाले रेडियोको डिजिटल रुपान्तरण र कन्टेन्ट, रत्न श्रेष्ठले सामुदायिक रेडियोको वर्तमान अवस्था र दिगोपन, सुरेश श्रेष्ठले सामुदायिक रेडियोको व्यवस्थापन हाम्रो अभ्यास र अनुभव, भक्त स्याङताङले सामुदायिक रेडियोको दिगो विकासको लागि स्रोत खोजि र परिचालन र दीपक आचार्यले सामुदायिक रेडियोको अवको कन्टेन्ट, कन्टेन्टमा सहकार्य र साझेदारी विस्तार बारे प्रशिक्षण दिएको थियो ।

सो तालिमको मंगलबार काठमाडौमा आयोजित एक समारोह बीच सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्टार रेवटी सापकोटाले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए भने सो अवसरमा एकोरावका अध्यक्ष अर्जुन गिरी, पूर्व अध्यक्ष शुभाष खतिवडा, अमार्कका निर्देशक सुमन बस्नेत, आदिवासी पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, समाजवादी प्रेस संगठनका उपमहासचिव लेखनाथ सिकारु, एकोराव बागमती प्रदेशका पूर्व अध्यक्ष कृष्णहरी घिमिरे, अध्यक्ष दिपक लामा, उपाध्यक्ष दिलमाया खड्का, सचिव आशिष ठकुरीले सामुदायिक रेडियोको अवस्था, चुनौती र अवसरहरु बारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।

मंगलबार तालिम समापन गर्दै सहभागि रेडियोकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश समितिले बागमती प्रदेशको कानून मन्त्रालयको आर्थिक सहयोगमा सो तालिम दिएको थियो । बागमती प्रदेशमा करिब ७० वटा सामुदायिक रेडियो सञ्चालनमा रहेको एकोराबले जनाएको छ।