भक्तपुर, फागुन ६ गते
सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नगरपालिका ८ सिपाडोल भक्तपुरले शनिबारदेखि अरनिको राजमार्ग अन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण वटुवालाई निःशुल्क खाना खुवाउन सुरु गरेको छ । महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेण्ट बनाई दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरेको हो । पहिलो पटक शनिबार विहान एक सय भन्दा वढी सर्वसाधारणले निःशुल्क खाना सुविधा पाएको जनाइएको छ ।
समाजका संरक्षक बालकृष्ण सापकोटाले राजमार्ग खण्ड भएर हिडेर आएका लकडाउनपीडित सर्वसाधारणको सुविधाको लागि निःशुल्क खाना खुवाउन सुरु गरेको जनाए । उनका अनुसार असार १० गतेसम्म निरन्तर खाना खुवाउने योजना छ । विहान र बेलुकी दैनिक दुई छाक खाना खुवाउने योजना रहेको उनले सुनाए । राजमार्गबाट हिडेर आउने लकडाउनपीडित सर्वसाधारणलाई केन्द्र बनाएर खाना खुवाउन थालेको उनले बताए ।
समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको पैसाको कोषबाट खाना खुवाउन थालेको उनले जनाए । अहिलेसम्म यो कार्यको लागि कसैसँंग सहयोगको आह्वान नगरेको भए पनि सहयोग गर्नेहरुले स्वतस्फुर्ट सहयोग गरिरहेको उनले जनाए । उनका अनुसार हालसम्म कसैले जारको पानी, कसैले एक लिटरको खानेपानी त कसैले तरकारी दिएर सहयोग गरेका छन् ।
खाना खुवाउने ठाउँं राजमार्गमै रहेको छ । त्यहाँं बोर्ड पनि राखिएको छ । साथै अस्थायी रुपमा हात धुन ट्यांकी पनि राखिएको छ । साथसाथै त्यहाँं अस्थायी टेण्ड पनि बनाइएको छ । त्यहाँं खाना खाने मानिस भने प्रत्येक पटक फरकफरक हुनेछन् । किनकि त्यो राजमार्ग भएर हिडेर आउने सर्वसाधारणलाई केन्द्र बनाएर राखिएको छ । खाना राजमार्ग छेउमै टेण्ट बनाएर पकाइएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













