भक्तपुर, ७ वैशाख ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिड्ड कलेजले कीटनाशक औषधि छर्किने रोबोट निर्माण गरेको छ । सो कलेजको चौथो र तेस्रो वर्षको इलेक्ट्रोनिक्स कम्युनिकेसन विभागका विद्यार्थीले कीटनाशक औषधि छर्किने रोबोट निर्माण गरेका छन् । रविन फसिकवा, सुशान्त भद्रा, सिरस सैजू, रजल वराल र सनोजकुमार साहको टोलीले कलेजको रोबोटिक्स प्रयोगशालामा उपलब्ध सीमित स्रोत र साधनको प्रयोग गरी उक्त रोबोट बनाएको हो । नेपालमा पनि कोरोना सङ्क्रमण फैलिएको सन्दर्भमा बनेका क्वारेन्टिन कक्ष, आइसोलेसन कक्षहरूमा मान्छेहरूको प्रत्यक्ष संलग्नताविना सुरक्षित स्थान र दुरीमा बसेर रिमोर्ट कन्ट्रोलको सहायताले आवश्यक ठाउ“हरूमा कीटनाशक औषधि छर्कन रोबोटको प्रयोग गर्न सकिने बताइएको छ । यस्ता रोबोटको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण अन्य स्वास्थ्यकर्मी र सफाइकर्मीहरूलाई सर्नबाट बचाउन सहयोग गर्ने सुशान्त भद्राले बताउनुभयो । टोलीले बिरामीका लागि खाना÷खाजा पु¥याउने रोबोटको निर्माण कार्य पनि भइरहेको बताइएको छ ।













