भक्तपुर नगरका अपांगता भएका समुदायकालागी स्वास्थ्य सामग्री वडामा हस्तान्तण

भक्तपुर नगरका अपांगता भएका समुदायकालागी स्वास्थ्य सामग्री वडामा हस्तान्तण
भक्तपुर, असार ११ गते
भक्तपुर नगरपालिका क्षेत्रमा रहेका अपांगता भएका समुदायको लागि नगरपालिकाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको सभा कक्षमा शुक्रबार आयोजित एक समारोह बीच नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना संक्रमणबा बीच नगर क्षेत्रमा रहेका सम्पूर्ण अपांगता भएका समुदायको घर घर र हात हातमा स्वास्थ्य सामग्री पुर्याउन सम्बन्धित वडाबाटै वितरणको ब्यवस्था गरेको जनाएको छ । सरकारले दिएका सेवा नागरिकको पहुँचमा पारदर्शि रुपमा पुर्याउन र विकेन्द्रिकरणका सिद्धान्त कार्यान्वयनका लागि समेत वडालाई सक्रिय बनाउनुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनु भयो । सो अवसरमा नगर प्रमुख प्रजापतिले सम्बन्धित वडाका जनप्रतिनिधीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । सो अवसरमा उपप्रमुख रजनी जोशी श्रेष्ठले जनस्तरबाट सहयोग प्राप्त गरी स्थापना गरेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन यो वर्षका लागि निःशुल्क वितरण गरिरहेको बताउनु भयो । कोरोना संक्रमणबाट नगरवासीलाई जोगाउँन थप स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिन्दै उहाँले हालै बसेको नगरसभाबाट जारी नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा केही चुनौतीसमेत रहेकाले सचेत रहन जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपाका १० वटै वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


नगर प्रमुखबाट स्वास्थ्य सामग्री ग्रहण पश्चात भनपा १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरमा ५ सय २१ जना अपांगता भएका समुदाय रहेको जनाउँदै उहाँहरुको घर घरसम्म स्वास्थ्य सामग्री पुर्याउन नगरपालिकाले वडा वडालाई जिम्मेबारी दिएको बताए । उहाँले प्राप्त स्वास्थ्य सामग्री केही दिन भित्र नगरका अपांगता भएका व्यक्तिहरुलाई सम्बन्धित वडाबाटै वितरण गर्ने बताएका हुन ।