देशकाे अवस्था नसुध्रेकाेमा स्रष्टाहरूले रचना मार्फत् चिन्ता व्यक्त गरे ।
भक्तपुर साहित्यिक समाजकाे नियमित घुमन्ते साहित्यिक शृङ्खलाकाे ७९ औँ संस्करण ११७ आैं देवकाेटा जयन्ति अवसर पारेर आज २०८२ कार्तिक २ गते आइतबारका दिन जेसिज सेकेण्डरी स्कूल, भक्तपुरमा सम्पन्न भयाे ।
भक्तपुर साहित्यिक समाजले साहित्यिक कार्यक्रमको आयाेजना गर्दा सभापतिमा दिवङ्गत साहित्यकारको तस्बिर राखेर शुरु गरिने परम्परा अनुसार आज भएको कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे तस्बिर राखिएको थियोे ।
कार्यक्रमको शुभारम्भ समाजका अध्यक्ष राजुराम मुनंकर्मीले पानशमा दीप प्रज्वलन गर्नुका साथै स्कूलका प्रिन्सिपल जयराम गाेर्खालिले देवकाेटाकाे तसविरमा माल्यार्पण गर्दै गरिएकाे थियाे । त्यस्तै समाजका सचिव पुरुषोत्तम प्रजापतिले महाकवि देवकाेटाको जीवनी बारेमा संक्षेपमा प्रकाश पार्नुभएकाे थियाे ।
भक्तपुर साहित्यिक समाजको पच्चिसौँ स्थापना दिवसको अवसरमा आयाेजित उक्त कार्यक्रममा २३ जना साहित्यकारहरूले आ-आफ्ना रचना मार्फत् लक्ष्मी प्रसाद देवकाेटाबारे रचना, देशकाे जर्जर अवस्था, जेन्जी आन्दाेलन पछि पनि देशकाे अवस्था नसुध्रिएकाेमा चिन्ता व्यक्त गरे । कार्यक्रममा साहित्यकारहरू ➽ माणिक बाबु ग्वंग: (कविता) , नर्रेन्द्र प्रसाद जाेशी (गजल), काशिराम विरस( कविता), राजुराम मुनंकर्मी ( लघुकथा), गुहेश्वरी शाक्य (गीत), राजेन्द्र चित्रकार ( कविता), पशुपति भक्त राय ( कविता), तेजकृष्ण श्रेष्ठ ( गजल), न्हुछे भक्त कवां ( लघुकथा), राजेशमान केसी (कविता), सुरेश राजभण्डारी( कविता), इश्वर थाेकर ( कविता) , लक्ष्मी प्रसाद कासुला (कविता), राजन कार्की( कविता), कुसुम घिमिरे (मुक्तक), निरन्जन मल्ल ठकुरी (गजल), लगायत स्कुलका शिक्षिका जमुना आचार्य (कविता), छात्राहरू अस्मिन खातुन ( कविता),सम्व्रिना बैद्य (कविता), कृजला सुवाल (कविता), अनुस्का मानन्धर (कविता), सरिना कर्माचार्य (कविता), सिल्भी नागा (कविता) ले आ-आफ्ना रचना वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै समाजका अध्यक्ष राजुराम मुनकर्मीले समाजको गतिविधिका बारेमा संक्षेपमा प्रकाश पार्नुभएकाे थियाे भने स्कुलका प्रिन्सिपल जयराम गाेर्खालीलाई समाजको तर्फबाट कदरपत्र प्रदान गरिएको थियोे।














