भक्तपुरको ऐतिहासिक बिस्का जात्रा कोरनाका कारण औपचारिकतामा सिमित

२०७६ चैत्र २६ गते, बुधबार
आठ रात नौ दिन मनाई भक्तपुरको एतिहासिक विस्का जात्रा सामान्य पुजाआजामै सिमित हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरना भाइरसको जोखिम व्यवस्थापनकालागि भइरहेको लक डाउनको कारण ऐतिहासिक जात्रालाई सामान्य पुजा आजमै सिमित राख्ने भएको हो । जात्रा व्यवस्थापनसँग सम्वन्धित सरोकारवाला निकाय बीच भक्तपुर नगरपालिकामा बुद्धबार भएको बैठकले कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि विस्का जात्रा पूजाआजामै सिमित गर्ने निर्णय गरेको हो । नयाँ वर्षको आगमनसँगै चैत्र २७ गते साँझ देखि बैशाख ५ गते साँझ सम्म मनाईने विस्का जात्रा भक्तपुरमा मात्र नभइ नेवार समुदाय बसोबास गर्ने विभिन्न क्षेत्रमा मनाउने परम्परा रहि आएको छ । लाखौ दर्शकहरुको बीचमा भैरवको रथ तान्ने, पञ्पन्न हाते लिंगो उठाउने र ढाल्ने जात्रासँगसँगै टोल टोलमा स्थानीय शक्तिपीठहरुको धुमधामले पूजा आजा गर्ने यो परम्पर यो वर्षकोलागि पूर्ण रुपमा स्थगित गरी सामान्य पूजाआजामा मात्र सिमित गर्ने भएको हो । जात्रा पर्वको जीवन्त शहरको रुपमा परिचित भक्तपुर नगरको मात्र नभई मध्यपुर थिमी स्थित जिब्रो छेड्ने जात्रा पनि औपचारिकतामा मात्र सिमित हुने भएको छ । प्रत्येक वर्ष बैशाख २ गते जिब्रो छेड्न जात्राको तम्तयारीमा रहेका बुद्धकृष्ण बाग श्रेष्ठ जात्राको तयारी छोडेर कोरना भाइरस प्रभावित विरामी बोक्ने एम्बुलेन्स सञ्चालनमा व्यक्त भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले यस वर्षको बिस्का जात्रालाई औपचारिकतामा सीमित गर्ने सम्बन्धमा बुधबार बिस्का जात्रासँग सम्बन्धितसम्पूर्ण सरोकारवालाहरुको बैठक गरेका छन् ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १४ लाखभन्दा बढीमा संक्रमण र ८२ हजार भन्दा बढीको ज्यान गएको अवस्थामा जात्राको समयमा सम्भावित जोखिमबाट बच्न सबैजना घरभित्रै सुरक्षित रहन आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनको निम्ति चैत्र ११ गतेदेखि २०७७ वैशाख ३ गतेसम्म कुनै पनि नागरिक अति आवश्यक काममा बाहेक घरबार ननिस्कन ‘लक डाउन’ घोषणा गरेको र यस वर्षको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा पनि लक डाउनकै अवधिमा पर्न आएको हुँदा यसलाई औपचारिक पुजाआजामै सीमित गर्ने निर्णय गरेको छ ।
जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी यस अघि २०७६ चैत्र १० गते बसेको बिस्का जात्रा सञ्चालन कार्यदल २०७६ को बैठकले परम्परादेखि चलिआएको बिस्का जात्रालाई औपचारिक पुजाआजामा मात्रै सीमित गर्ने गरेको निर्णयलाई बैठकले उपयुक्त ठहर गर्दै बिस्का जात्रासँग सरोकार राख्ने जिम्मेवार पदाधिकारीहरुको बैठकले भैरवनाथ जात्रा, लिड्डो उभ्याउने, टोल टोलमा हुने ब्रम्हायणी, माहेश्वरी, इन्द्रायणी, छुमा गणेश, बाराही जात्रालगायतका सम्पूर्ण जात्राहरु देवतालाई बाहिर ननिकाली देवता घर (द्योछें) मै सामान्य पुजाआजामा मात्रै सीमित राख्ने निर्णयग¥यो ।
बैठकमा भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, ४ का वडाध्यक्ष कुमार चवाल, ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य,भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धितभैरवनाथ जात्रा सहयोग समिति, ब्रम्हायणी जात्रा, बाराही जात्रा, छुमा गणेश जात्रा, महाकाली जात्रा, याछें गणेश जात्रा, (लालाछे) गणेश जात्रा, इन्द्रायणी भजन, जेठा गणेश गुठीलगायतका गुठी नाइके तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित विभिन्न गुठी नाइके तथा प्रतिनिधिहरुले बिस्का जात्रालाई हुलहुज्जत नहुने गरी औपचारिक पुजाआजामा मात्र सीमित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।