डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउ

डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउ
भक्तपुर, बैशाख १३ गते
महानगरीय प्रहरी परिसर भक्तपुरले डलर देखाई ठगी गर्ने मानिसहरुलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा डर देखाई ३ लाख पचास हजार ठगिभएको तथ्य खुलासा गर्दै ठगि अभियोगमा सरोज तामाग र राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल सूर्यविनायक नगरपालिका २ बस्ने वर्ष २९का सरोज तामाग विरुद्ध प्रहरीले
१. मिति २०७३÷०५÷१२ गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट मुद्दा नं. ६८ मा अभद्र व्यबहार मुद्दा चलेको ।
२. मिति २०७८÷०४÷१२ गते प्रहरी वृत्त बानेश्वरबाट मुद्दा नं. १८ मा ठगी मुद्दा चलेको ।
३. मिति २०७९÷१२÷२३ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. ६८ मा ठगी मुद्दा चलेको ।
४. मिति २०७९÷१२÷१६ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. २५१ मा ठगी मुद्दा चलेको ।
५. मिति २०८०÷०१÷१५ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. ३२७ मा ठगी मुद्दा चलेको । उल्लेख गरेको छ भने
प्रतिवादी राज कुमार तामाङको सम्बन्धमा,
१. मिति २०७५÷०१÷०९ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. १६६ मा सार्वजनिक अपराधमा मुद्दा चलेको ।
२. मिति २०७७÷०६÷११ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट मुद्दा नं. २५ मा ठगी मुद्दा चलेको ।
३. मिति २०७७÷०६÷१३ गते प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा नं. ९९ मा ठगी मुद्दा चलेको जनाएको छ।
नीज तामागहरुलाई ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ६ घर भई हाल काठमाण्डौ स्थित बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२की हिरुमाया मगरले बैशाख ३ गते प्रहरी बृत्त ठिमी भक्तपुरमा मलाई डलर साट्ने बाहानामा सुमन शेर्पा र लाक्पा शेर्पाले लोकन्थली बोलाई डलर देखाई रु. ३ लाख ५० हजार ठगी गरी भागेको भनि दिएको निवेदनमा अनुसन्धान गरी जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२०४८ प. ४५२५ नं को थान १ मोटरसाईकल सहित उक्त घटनामा संलग्न तामागहरुलाई सूर्यविनायक नगरपालिका वडा नं. २ बंगलामुखी मन्दिरबाट आज पक्राउ गरेको प्रहरीका सूचना अधिकारी राजन कार्कीले जनाएका हुन ।