डलर देखाई ठगी गर्नेलाई प्रहरीले गर्यो पक्राउ
भक्तपुर, बैशाख १३ गते
महानगरीय प्रहरी परिसर भक्तपुरले डलर देखाई ठगी गर्ने मानिसहरुलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा डर देखाई ३ लाख पचास हजार ठगिभएको तथ्य खुलासा गर्दै ठगि अभियोगमा सरोज तामाग र राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल सूर्यविनायक नगरपालिका २ बस्ने वर्ष २९का सरोज तामाग विरुद्ध प्रहरीले
१. मिति २०७३÷०५÷१२ गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट मुद्दा नं. ६८ मा अभद्र व्यबहार मुद्दा चलेको ।
२. मिति २०७८÷०४÷१२ गते प्रहरी वृत्त बानेश्वरबाट मुद्दा नं. १८ मा ठगी मुद्दा चलेको ।
३. मिति २०७९÷१२÷२३ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. ६८ मा ठगी मुद्दा चलेको ।
४. मिति २०७९÷१२÷१६ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. २५१ मा ठगी मुद्दा चलेको ।
५. मिति २०८०÷०१÷१५ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. ३२७ मा ठगी मुद्दा चलेको । उल्लेख गरेको छ भने
प्रतिवादी राज कुमार तामाङको सम्बन्धमा,
१. मिति २०७५÷०१÷०९ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. १६६ मा सार्वजनिक अपराधमा मुद्दा चलेको ।
२. मिति २०७७÷०६÷११ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट मुद्दा नं. २५ मा ठगी मुद्दा चलेको ।
३. मिति २०७७÷०६÷१३ गते प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा नं. ९९ मा ठगी मुद्दा चलेको जनाएको छ।
नीज तामागहरुलाई ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ६ घर भई हाल काठमाण्डौ स्थित बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२की हिरुमाया मगरले बैशाख ३ गते प्रहरी बृत्त ठिमी भक्तपुरमा मलाई डलर साट्ने बाहानामा सुमन शेर्पा र लाक्पा शेर्पाले लोकन्थली बोलाई डलर देखाई रु. ३ लाख ५० हजार ठगी गरी भागेको भनि दिएको निवेदनमा अनुसन्धान गरी जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२०४८ प. ४५२५ नं को थान १ मोटरसाईकल सहित उक्त घटनामा संलग्न तामागहरुलाई सूर्यविनायक नगरपालिका वडा नं. २ बंगलामुखी मन्दिरबाट आज पक्राउ गरेको प्रहरीका सूचना अधिकारी राजन कार्कीले जनाएका हुन ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














