सातौं जनामा कोरना पुष्टि भइनसकेको डाक्टर देवकोटाको भनाई

भक्तपुर, चैत्र २१ गते

सातौं जनामा कोरना पुष्टि भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाएका छन् । कोरना भाइरस संक्रमणको अवस्था एवं व्यबस्थापनका लागि भइरहेको गतिविधी बारे जानकारी दिन शुक्रवार काठमाण्डौमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा.देवकोटाले पोखरामा देखिएको भनिएको कोरना भाइरसको संक्रमण पुष्टि भइनसकेको बताएका हुन । भारतबाट फर्किएका एक जनामा कोरना भाइरस संक्रमण भएको भनि हल्ला सत्य नभएको प्रवक्ता डा. देवकोटाले बताएका हुन । डाक्टर देवकोटाको भनाई अनुसार हालै मात्र पोखराको स्वास्थ्य विज्ञान प्रतिस्थानमा कोरना भाइरसको परिक्षण गर्नेक्रम सुरु भएकाले सो परीक्षण पोजेटिभ नै भएको पुष्टि हुन बाँकी भएको भन्दै त्यस्तो अवस्थामा होल पुष्टिका लागि टेकुमै पुनः परीक्षण गर्नुपर्ने छ । प्रदेशस्तरमा भइरहेको परीक्षणमा केही समय यस्तो देखिन सक्ने डाक्टर देवकोटाको भनाई हो ।
कोरना भाइरसको परीक्षणको दायरा दिनप्रतिदिन बढाउनुपर्ने जोड दिइरहेको बेला काठमाण्डौस्थित टेकुबाट बढी भन्दा बढी संकलिन स्वाबहरुको परिक्षण भइरहेकोछ । प्रदेशस्तरमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको स्वास्थ्य विज्ञान प्रतिस्थान संगसंगै बागमति प्रदेशको हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा पनि परिक्षण सुरु भएको छ । नमूना परीक्षणको क्रममा धरानमा आज ३९, जनकपुरमा ५, सुर्खेतले ७, हेटौडाले ५, पोखराले १९ र धनगढीमा ४ जनाको परीक्षण गरेका थिए भने बुटबलमा मेसिन जडान कार्य सुरु भएको प्रबक्ता देवकोटाले बताए ।
देशभर १२० जना संभावित संक्रमणका विरामीहरु आसोलेशनमा उपचारत रहेका छन् । त्यसमध्ये काठमाण्डौमा १५ जना छन् । देशभर १०७ जनामा कोरनाको उच्च संभावित जोखिम रहेकोले उनीहरुको फोलअप भइरहेको छ । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९६ जनाको आज स्वाब नमूना संकलन गरेको छ । कैललाी र कन्चनपुरमा ९२ जनाको नमूना संकलन गरेको छ ।
हालसम्म ६ जनामा संक्रमण भएका मध्ये एक जना निको भइसकेकाले काठमाण्डौंमा २, बाग्लुंगमा २ र धनगढीमा १ जना गरी ५ जनाको संक्रमतिहरुको उपचार भइरहेको डाक्टर देवकोटाले जनाए ।
कोरना भाइरस बारे जानकारी र गुनासो सुन्नेक्रममा कलसेन्टर १११५ र ११३३मा आएका ३५०२ गुनासोको सुनुवाई गरेको छ । कोरनाको लक्ष्यण देखादै वेबसाईटमा विवरण भर्नेको संख्या भने ५६२६ पुगेको छ । यसरी विवरण भर्ने धेरैको विवरण गलत देखिएको छ । फोन नम्वर र ठेगाना समेत नमिल्ने गरी बिवरण भरेको पाइएको भन्दै प्रवक्ता देवकोटाले यसले उपचारका लागि गरिने प्रयास र सहयोगको उपयोग हुन नसक्ने देखिएको बताए ।
सिसीएमसीको बैठकले कोरना भाइरसको रोकथाम र व्यवस्थापनका लागि भइरहेको गतिविधीहरुमा सामूहिक समीक्षा गर्दै योजनाहरु पनि बनिरहेको बताए । विश्व स्वास्थ्य संगठनसँग छलफल गर्दै कोरना भाइरसको परीक्षण प्रभावकारी बनाउने र परीक्षणको दायरा बढाउने योजना पनि तय भएको डाक्टर देवकोटाले बताए । डाक्टर देवकोटाले संकटको बेला सबै एकजुत होऔ, चिकित्सक विदामा नबसौं, सबैले आआफ्नो ठाउँमा, आफ्नो क्षमता र कार्य जिम्मेबारी अनुसार उच्च मनोबलका साथ काममा जुतौं भन्नु हुँदै संकतको घडीमा पीपीई र मेडिकल सामग्रीहरु जति भए पनि अपुग जस्तै भइरहेको भन्दै इमर्जेन्सीमा आउने विरामीलाई उपचार गर्नु पर्ने बताउनु भयो  । उहाँले सबै मिलेर कोरना भाइरस विरुद्धको अभियानमा जुत्न आग्रह गर्नु भयो ।