मध्यपुरमा कोरनाको परीक्षण, संबद्र्धन नहुँदा लागत ३० औं हजार

मध्यपुर, चैत २१ गते

भक्तपुरको मध्यपुर थिमी स्थित कोरियन अस्पतालले कोरना भाइरसको परिक्षण गर्ने अन्तिम तयारी गरि सक्दा पनि सरकारी निकायले संबद्र्धन नदिदा औपचारिक रुपमा परिक्षण सुरु गर्न नसकेको अस्पतालका कार्यकारी अधिकृत डाक्टर ज्ञानकृष्ण कायष्ठले बताउनु भयो । कोरना भइरसको परिक्षण सुरु भयो भएन भन्दा पनि परिक्षणको सम्पूर्ण तयारी पूरा गरेको उहाँले बताउनु भयोे । यसै महिना टेकुस्थित जनस्वास्थ्य कार्यालयबाट १० वटा किट ल्याएर नमूना परिक्षण गरेको मध्यपुर थिमी नगरपालिकाका मयेर मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।
स्थानीय नगरपालिकाबाट सो परीक्षण गर्दा खर्च धान्न नसकिने भन्दै स्वास्थ्य मन्त्रालयले अहिलेसम्म स्वीकृति नजनाएकाले औपचारिक रुपमा परीक्षण सुरु गर्न नसकेको तर परिक्षणका लागि सबै तयारी पूरा गरेको बताएका छन् । एक डेर घण्टामै स्वाबमा कोरना भाइरस भए नभएको परिक्षण गर्न सकिने उच्चस्तरको सिंगापुरबाट ल्याएको पीपीआर उपकरण तयारी अवस्थामा राखेको कुरा स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालयका उच्च पदस्त व्यक्तिहरुलाई जानकारी समेत रहेको मेयर श्रेष्ठको भनाई छ । एक जनाको स्वाब परिक्षण गर्दा तीन हजार देखि ३० हजारसम्म खर्च लाग्ने देखिएकाले सरकारी स्वीकृती लिएर मात्र परिक्षण सुरु गर्ने तयारीमा रहेको भन्दै कार्यकारी अधिकृत डाक्टर कायष्ठले पनि सरकारी स्वीकृत भएपछि उपचारका सबै किट र खर्च निःशुल्क वा सरकारले नै व्यहोर्ने भएकाले सजिलो हुने बताउँनु भयो ।

कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइन सहित  ‘पोलिमराइज चेन रिएक्सन’ मेशिन सहितको ल्याब संचालनमा ल्याएको छ । यो ल्याबमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि संचालनमा ल्याएको उनको भनाइ छ । यो ल्याबमा विभिन्न रोगहरु सार्स, डेंगु, स्वाइनफ्लू लगायत क्यान्सर एवं शरीरका बिभिन्न अंगका ट्युमरहरुको समेत परीक्षण गर्न सकिने भएको छ ।

मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालले नगरका संकास्पत तथा लक्षण देखिएका ३२ जनाको स्वाब पनि संकलन गरेको बताए । कोरना भाइरस संक्रमणको जोखिमका बीच मध्यपुर थिमीमा ६५ जना विदेशबाट आएका छन भन्दै नगर प्रमुख श्रेष्ठले तिनीहरु आआफ्नै घरको क्वारेन्टाइनमा रहेको बताए । तिनीहरु मध्ये ४० जनाको एक हप्ता भित्र परीक्षण गर्ने योजना समेत बनाएको मेयर श्रेष्ठले बताए ।
सरकारी निकायको स्विकृति पश्चात नगर परिसरको निर्णय हुने बितिकै कोरना भाइरस परिक्षण कोरियन अस्पतालबाट पनि गर्न सकिने भन्दै मेयर श्रेष्ठले एक जनामा भने उच्च जरो आएका कारण आसोलेशन कक्षमा राखि उपचार भइरहेको जनाएको छ । मिडियामा नगरवासीहरुको घर घरबाट स्वाब संकलन गरिरहेको खवर सुनेका छौ कसरी परिक्षण हुँदै छ भने प्रश्नमा मेयर श्रेष्ठले भन्नु भयो हामीले पनि अन्तिम परिक्षणको लागि टेकु अस्पतालमै पठाउने हो । लक्षण देखिएकाहरुको स्वास्थ्य परिक्षण र स्क्यानिंग कार्य भइरहेको उहाँले बताए । कोरना भाइरस प्रतिकार्यका लागि ३ करोड बजेट विनियोजन गरेको सो नगरपालिकाले बिहिवार देखि नगरका न्यूनआय भएका समुदायलाई दुईहजार बराबरको राहत वितरण कार्य शुरु गरेको छ । ५० लाखसम्मको राहत मापदण्ड अनुसार वितरण गर्ने तयारी स्वरुप प्रत्येक वडामा ५।५ लाख रकम बिनियोजन गरिसकेको पनि मयेर श्रेष्ठले रेडियो जनसञ्चारको सन्दर्भ विचार रेडियो कार्यक्रमको अन्तर्वार्तामा बताउनु भयो ।