रेडियो जनसञ्चार, सुरेशप्रसाद सायंजू
भक्तपुर, चैत्र २१ गते
भक्तपुरका ४ वटै नगरपालिकाहरु यतिबेला कोरना भाइरस प्रभावित समुदायलाई राहात बितरणमा केन्द्रीत रहेका छन् । भक्तपुर नगरपालिकाले एक करोडको राहात कोष स्थापना गरी वडा वडामा एक । एक लाख बजेट बिनियोजन गरिसकेपछि आजभोलि प्रभावित समुदायको नामाबली संकलन कार्य थालिरहेको छ । न्यून आय भएका, विपन्न बर्गका समुदायलाई लक डाउनको समयमा राहात बितरण गर्न केन्द्र र प्रदेश सरकारबाट दिइने रकम पनि राहत कोषमा जम्मा गरी राहात वितरणका लागि तयारी भइरहेको नगरपालिकाका प्रसाशक दामोदर सुवालले जनाएका छन् । मध्यपुर थिमी नगरपालिकाले भने हिजो देखि २ हजार बराबरको राहात वितरण थालेको मेयर मदन सुन्दर श्रेष्ठले बताए । मेयर श्रेष्ठका अनुसार नगरभरीका अन्दाजी ६ हजार प्रभावित समुदायलाई ५० लाख बराबरको राहात वितरण गर्ने तयारी भएको छ । नामाबली तयार गरुंजेल राहात बितरण धिल्ला हुने भन्दै बिहिवारबाट राहात बितरण सुरु गरेको उहाँले बताएका हुन ।
सूर्यविनायक नगरपालिकाले भने शुक्रवारबाट राहत वितरण सुरु गरेको छ । एउटा सामाजिक संस्थाले उपलब्ध गराएको राहातलाई सूर्यविनायक नगरपालिका वडा नम्वर १ का ४ सय जनालाई राहत वितरण गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कमल ज्ञवालीले बताएका छन् । प्रशासक ज्ञवालीका अनुसार सूर्यविनायक नगरपालिकामा ६ हजार जति लक डाउन प्रभावित समुदाय रहेको अनुमान गर्दै प्रति ४ जना भन्दा कम संख्या भएका परिवारलाई रु.६३० र सो भन्दा बढी सदस्य भएकालाई रु.८५० बरावरको दाल, चमल, तेल सहित खाद्यान्न वितरण गरेको बताए । नगरपालिकाले एक करोड राहात कोष बिनियोजन गरेको भएपनि वडा वडामा बितरण नगरी वडामा देखिएको प्रभावित समुदायको संख्याको आधारमा रकम वडामा वितरण गर्ने योजना रहेको उहाँले बताए । प्रशासक ज्ञवालीले सूर्यविनायकमा स्थायी वसोबासमा रहेका र बाहिरबाट आएर लक डाउनका कारण समस्यामा परेका दुई थरी प्रभावित समुदायको विश्लेष गरी राहात वितरणको तयारी भएको बताए । यता चाँगुनारायण नगरपालिकाले साधे दुई करोडको कोष स्थापना गरी राहत वितरण गर्न स्थानीय जनप्रतिनिधीहरुको सक्रियतामा न्यून आय भएका समुदायको नामाबली तयारीमा जनप्रतिनिधीहरु जुतिरहेको सो नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि तिमल्सेनाले जनाए । कोरना प्रभावितका लागि नगरपालिकाले २ करोड ५० लाख रकम बिनियोजन गरिसकेको तथा नगरपालिका अन्तरगतका कर्मचारी तथा शिक्षकहरुको १५ दिनको तलव समेत कोषमा जम्मा गर्ने व्यवस्था गरेको बताउनु भयो । केन्द्र सरकारले उपलब्ध गराउने १५ लाख र प्रदेश सरकारले उपलब्ध गराउने १२ लाख पनि सोहि कोषमा राखेर राहात बितरणलाई प्रभावकारी बनाउने योजना भक्तपुर जिल्लाका नगरपालिकाहरुको छ । राहात वितरण नगरपालिका र वडा कार्यालयलाई सरकारले जिम्मेवारी दिए पनि प्रदेश र सरकारबाट आउनुपर्ने रकम समयमै आइनपुगेको र प्रभावित समुदायको पूरा नामाबली पनि संकलन भइन सकेकाले राहात वितरणमा भने धिला भएको महसुस गरेका छन् भने नगरपालिका आफैले सबै खाता सञ्चालन गर्ने भएकाले वडास्तरबाट राहात वितरणमा चाहेर पनि सक्रियाता देखाउन नसकिरहेको चानपा ९का वडाध्यक्ष गणेश त्यातले बताए । उनले आफ्नो वडामा राहात वितरणकालागि बिकल्पहिन, गरिब तथा विपन्न समुदायको लगत संकलन थालिसकेको र अन्य समुदायलाई पनि लक डाउनमा सहज जीवनयापनकालागि ५प्रतिशत छुटमा घरडैलो पुगेर खाद्यान्न सामग्री बिक्रि बितरणको व्यवस्था गरिरहेको बताए । भक्तपुर जिल्ला घरेलु तथा साना उद्योग संघसँगको समन्वयमा सहुलितय दरको खाद्यान्न सामग्री घरदैलोमै पुगेर बिक्रिवितरणको ब्यवस्था गरेका हुन ।
एकद्वार प्रणालीद्वारा सबै प्रभावितलाई समान्न रुपमा राहात वितरणको ब्यवस्था गर्न भक्तपुरका सबै नगरपालिकाका जनप्रतिनिधीहरु एकमत छन् । उहाँहरुले राहात वितरण गर्न चाहने संघ संस्थाहरुलाई आफू खुसी बितरण नगर्न आग्रह गर्दै नगरपालिका वा वडा कार्यालयको राहात कोषमा स्थापना गरि सहयोग र सहजिकरण गर्नु भनिएको छ ।













