कर्बडीमा साइनिङ स्कूल प्रथम

कर्बडीमा साइनिङ स्कूल प्रथम
भक्तपुर, असार १६ गते
भक्तपुर नगर विद्यालयस्तरीय तथा राष्ट्रपति कप खेलकूद प्रतियोगिता अन्तर्गत आज भएको कर्वडी प्रतियोगितामा साइनिङ स्कूल प्रथम भएको छ । पारागनलाई हराउँदै साईनिज विजयी भएका हुन भने पारागनले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा रोम्बस तेस्रो भएभने बागीश्वरी मावि सान्तोना भएका थिए । विजयी खेलाडीहरुलाई आजे नगर उपप्रमुख रजनी जोशीले मेडल तथा पुरस्कार वितरण गर्नु भयो ।