भक्तपुर, चैत्र २० गते
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बिहिवार साँझ आयोजना गरेको नियमति पत्रकार सम्मलेनमा डा. विकास देवकोटाले नेपालमा अर्को एक व्यक्तिमा कोरना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् । दोहाबाट चैत्र ४ गते कटार एयरबाट नेपाल आएका अर्का एक व्यक्तिमा कोरना भाइरसको संक्रमण(पोजेटिभ) पुष्टि भएपछि नेपालमा ६ जना कोरना संक्रमित भएका हुन । पहिलो कोरना भाइरस संक्रमित उपचार पछि घर फर्किए पनि अन्य चार जनाको उपचार भइरहेको बेला आज छैटौं ब्यक्तिमा संक्रमण देखिएको हो । अहिलेसम्म ११ सय ८४ वटा परीक्षण सम्पन्न गर्दा ६ जना कोरना भाइरस पुष्टि भएको छ भने अन्य ४३ जनाको स्वाब परिक्षण भइरहेको डा. देवकोटाले बताएका छन् । गत चौबिस घण्टामा ७३ जनाको कोरना परिक्षण गरेको थियो । टेकु अस्पतालमा उपचारत दुई जनामा गरेको दोहोरो स्वाब परिक्षणमा पनि कोरना भाइरसको संक्रमण रहेकोले थप उपचार जारी रहेका पनि बताइएको छ ।
Featured Posts – Style 1
साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न
2026-09-26 Comments Off on साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न
साधारणसभा सम्बन्धी संयुक्त भेला सम्पन्न भक्तपुर, १० असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को साधारणसभा सम्बन्धी संयुक्त भेला अध्यक्ष कृष्ण राम कासिछ्वाको सभापतित्वमा संस्थाको सभाकक्षमा चोफलमा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले संस्थाको साधारणसभा २०८३ असोज १७ गते शनिबार ब्रम्हायणी पार्टी प्यालेसमा आयोजना हुने जानकारी गराउनुभयो। उहाँले संस्थाको प्रगति र समृद्धिका लागि सबैको निःस्वार्थ सहयोग, सक्रिय सहभागिता र सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो। सल्लाहकार कृष्णभक्त लवजूले संस्थाको स्थापनाकालमा उद्घाटन गरिएको समयको स्मरण गर्दै सहकारीको महत्त्व र आवश्यकताबारे चर्चा गर्नुभयो। उहाँले पदभन्दा कामलाई विशेष प्राथमिकता दिनुपर्ने, संस्थाको हितमा प्रभावकारी रूपमा काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी र अधिकार हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। साथै अनावश्यक खर्चलाई न्यूनीकरण गरी सदस्य तथा समाजको हितमा बढीभन्दा बढी स्रोत परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। अर्का सल्लाहकार रामकृष्ण प्रजापतिले साधारणसभा संस्थाको नीति, योजना, पारदर्शिता र सदस्यहरूको सहभागिताका दृष्टिले महत्त्वपूर्ण रहेको बताउँदै यसको आवश्यकता र भूमिकामाथि प्रकाश पार्नुभएको थियो। सल्लाहकार काशिलाल प्रजापतिले साधारणसभासम्बन्धी विषयमा प्रकाश पार्दै साधारणसभाको प्रक्रिया तथा सदस्यहरूको सहभागिताको महत्त्वबारे जानकारी गराउनुभएको थियो। कार्यक्रमको उद्घोषण सत्यराम ज्ञामरूले गर्नुभएको थियो। कार्यक्रममा रामकृष्ण लावजूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्था तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो। भेलामा संस्थाको आगामी साधारणसभा, आर्थिक अवस्था, संस्थागत विकास तथा सदस्य हितका विषयमा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। अन्त्यमा संस्थाको आगामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।
सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा
2026-09-26 Comments Off on सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा
भक्तपुर, १० असोज । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि।को १६ औं वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न
2026-09-26 Comments Off on शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भक्तपुर। शुभकामना बचत तथा ऋण सहकारी संस्था...
विश्व मानव अधिकार संरक्षण संगठन नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न
2026-09-26 Comments Off on विश्व मानव अधिकार संरक्षण संगठन नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न
विश्व मानव अधिकार संरक्षण संगठन नेपालको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्नभक्तपुर, असोज १० गते । विश्व मानव अधिकार...
शैक्षिक र स्वास्थ्य सेवा नै प्रभावित गरेपछि आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध गर्नुपर्याेः नेशनल मेडिकल कलेज
2026-09-26 Comments Off on शैक्षिक र स्वास्थ्य सेवा नै प्रभावित गरेपछि आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध गर्नुपर्याेः नेशनल मेडिकल कलेज
शैक्षिक र स्वास्थ्य सेवा नै प्रभावित गरेपछि आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध गर्नुपर्याेः नेशनल मेडिकल कलेज वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा...













