चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलन
भक्तपुर, असार २९ गते
नगरकोट भ्रमण वर्षको अवसरमा आज भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा कविता वाचन भएको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको सो कविता वाचनमा ३३ जना श्रष्टाहरुले कविता वाचन गरेका छन् । चाँगुनारायण नगरपालिका क्षेत्रका चाँगुनारायण, मच्छेनारायण, नगरकोट लगायत पालिका भित्रका विभिन्न ऐतिहासिक स्थलहरुको चित्र सहित कविहरुले आज कविता वाचन गरेका हुन । असार २९ गते आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तिकै अवसर पारेर चाँगुनारायण कला, कलामा साहित्यका साथ चाँगुनारायण कला साहित्य सम्मेलन आयोजना गरेका हुन । करिव ३ दर्जन चित्रकाकारहरुले कोरेको चित्रकलामाथि ३३ जना कविहरुले आफ्नो रचना वाचन गरेका हुन ।












