
भक्तपुर नपाको सातौं नगरसभा सम्पन्न: आ.व. २०७७\७८ का लागि भक्तपुर नगरपालिकाको बजेट पारित
२०७७ साल असार १६ गते, मंगलबार
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभा मंगलबार सम्पन्न भयो । मंगलबार बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७७, विनियोजन विधेयकसहित आ.व. २०७७÷७८ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो । सभाले ‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७’, सहकारी ऐन २०७४ संशोधन प्रस्ताव र नगरसभामा उठेका विभिन्न विषयहरूलाई ध्यानमा राखेर भक्तपुर नपाले तयार गरेको महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित ग¥यो । त्यस्तै नगरसभाले अनुमोदन गर्नुपर्ने विभिन्न निर्णयहरूको प्रस्तावहरू पनि पारित ग¥यो ।
सभामा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको नगरसभामा नगरपालिका र नगरभित्रका विषयहरुमात्र नभई राष्ट्रि तथा अन्तर्राष्ट्रिय विषयहरुमा समेत छलफल भएको बताउनुहुँदै प्रत्येक नागरिकले देशको लागि आवश्यक परेमा एक सिपाहींको रुपमा लड्न तयार हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – ‘जनप्रतिनिधिहरु भनेका जनताका सेवक हुन् । त्यसैले जनताले गाली गरे पनि आलोचना गरे पनि संयमित हुनु आवश्यक छ ।’
आ.व. २०७७÷७८ को बजेटबारे सभासद्हरूद्वारा व्यक्त जिज्ञासामाथि प्रष्ट पार्नुहुँदै नगरपालिकाकी उपप्रमुख रजनी जोशीले यस आ.व. मा सीमित स्रोतबाट असीमित आवश्यकता पूर्ति गर्ने ढंगले बजेटको निर्माण भएको बताउनुभयो ।
‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७’ बारे छलफलमा सभासद्हरू हेरा ख्याजु, श्यामसुन्दर मातां, सिद्धिराम अवाल र बलराम न्हिसुतुले विधेयक पारित भइर तत्काल कार्यान्वयन हुनेमा आशावादी हुँदै नगरभित्रका नयाँ बस्तीमा जथाभावी फोहर फाल्नेलाई पनि कसुरजन्य सजाय हुनुपर्ने, दृश्य प्रदूषण गर्ने एनटीसी र एनसेलको टावरहरू हटाउन दिनुपर्ने, सानो क्षेत्रफल चर्चेको घरको जमिनमा पानी ट्याड्ढी राख्न नसकिने हुँदा सोहीबमोजिम नियम लागु गर्नुपर्ने, ठूल्ठूला होर्डिङ बोर्डहरू हटाउनुपर्नेलगायतका धारणा व्यक्त गर्नुभयो ।


छलफलमा उठेका विषयहरूमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिनुहुँदै विधेयकमा भएका हिज्जे त्रुटीहरू संशोधन गर्दै विधेयकलाई सफल कार्यान्वयन गरी भक्तपुरलाई वातावरणीय हिसाबले सुन्दर र प्रदूषणरहित बनाउने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो । उहाँले विधेयक लागु भएपछि जनप्रतिनिधि र सम्पूर्ण नगरबासीहरूले नियम–कानुनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरसभाबाट पारित भक्तपुर नपाको सहकारी ऐन २०७४ संशोधन प्रस्ताव छलफलमा उठेका विषयहरूमाथि प्रस्ट पार्नुहुँदै सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपाले सहकारी संस्थाको लागि वार्षिक शुल्कबारे प्रस्ट पार्नुभयो ।
सहकारी ऐन २०७४ संशोधन प्रस्तावबारे छलफलमा सभासद् हरिरत्न गोर्खाले सहकारी संस्थाहरूले बचत र ऋणलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै बचत रकम सुरक्षित ठाउँमा लगानी गर्नुपर्ने बताउनुभयो ।
आजको सभामा भक्तपुर नगरपालिकाद्वारा गठित लेखा र सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्व, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कृषि तथा बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, खानेपानी समिति संयोजक महेन्द्र खायमली, न्यायिक समितिकाका सदस्य हरिराम सुवाल, अपांगता परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति सदस्य श्यामकृष्ण खत्री, निर्माण समितिका संयोजक उकेश कवां, महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैयाँ सुवालले वडा र समितिहरूबाट भएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

नगरसभामा उठेका विभिन्न विषयहरूलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाको सातौं नगरसभामाबाट पारित महत्वपूर्ण प्रस्तावहरू ः
१) नेपालको विद्युत प्रशारण लाईनमा सुधार र सडक सञ्जाल विस्तारमा सहयोग गर्ने नाउँमा नेपाल सरकार र संरा अमेरिकी सरकारबीच भएको मिलेनियम च्यालेन्ज सम्झौताका बुँदाहरूमा हाम्रो देशको सार्वभौमसत्तामा आँच पुग्ने गम्भीर विषयहरू रहेको हुँदा सार्वभौम संसदबाट उक्त सम्झौता अनुमोदन नगरी खारेज गर्न यो सभा नेपाल सरकार र संघीय संसदसंग जोड्दार माग गर्दछ ।
२) भारतीय सरकारद्वारा विगत लामो समयदेखि अनधिकृत रुपमा नेपालको पश्चिमी सिमानाका भूमिहरू लिपुलेक, लिम्पियाधुरा र कालापानी कब्जा गरी हालै भारतीय सरकारले त्यस क्षेत्रमा चीनसंग सिमाना जोड्ने सडक उद्घाटन समेत गरेपछि सारा देशभक्त नेपाली जनताको विरोधसंगै नेपाल सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको र सोही नक्साअंकित नेपालको निशान छाप प्रयोग गर्नेगरी संघीय संसदबाट नेपालको संविधानमा संशोधन गरिएकोमा यो सभा सरकार, संघीय संसद र न्यायप्रेमी नेपाली जनताको अभूतपूर्व एकताप्रति उच्च समर्थन व्यक्त गर्दछ । यससंगै भारतीय सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी मात्र नभई सुस्तालगायत ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि तत्काल फिर्ता लिन नेपाल सरकारसमक्ष माग गर्दछ ।
३) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण नेपालमा पनि तीब्र गतिमा फैलिरहेको छ । रोगको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लगातार देशव्यापी लकडाउन घोषणा गरे पनि संक्रमण रोक्ने प्रभावकारी कदम चाल्न नसकेको यथार्थ हो । रोग परीक्षणको दायरा आशातित रुपमा बढाउन नसक्नु, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था गर्न नसक्नु, विरामीको उपचार सेवा प्रभावकारी नहुनु र विपद्को समयमा समेत सरकारी ढुकुटीमा भ्रष्टाचार गर्नु सबैबाट आलोचित विषयहरू हुन् । जनताको स्वास्थ्यप्रति संवेदनशील भई रोगको परीक्षणको दायरा बढाउन, विरामीको स्तरीय उपचार गर्न तथा क्वारेन्टाइन एवं आइसोलेसनको मापदण्ड पूरा गर्न नेपाल सरकारलाई यो सभा जोड दिन्छ ।
४) नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न नेपाल सरकार संघीय संसदमा पेश गरेको विधेयकमा विदेशी नागरिकलाई नेपालको अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानमा कडाइ गर्नुपर्ने, अंगीकृत नागरिकता प्राप्त गर्न कम्तिमा १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र विदेशी नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नुपर्ने बुँदा थप्नुपर्ने यो सभाको ठहर छ । साथै अंगीकृत नागरिकले नेपालको निजामति प्रशासन, नीति निर्माण तह तथा राजनैतिक नियुक्ति पाउन नहुने व्यवस्था गर्न समेत यो सभा संघीय संसदसमक्ष माग गर्दछ ।
५) अन्तर्राष्ट्रिय साम्राज्यवादविरोधी योद्धा एवं नर्थस्टार कम्पासका सम्पादक माइकल लुकास साम्राज्यवादविरुद्धको संघर्षमा निरन्तर कलम चलाउने क्रममा ९४ वर्षको उमेरमा असामयिक निधन भएकोमा यो सभा दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
६) अहिले नै काठमाण्डौ उपत्यकामा अत्यधिक जनसंख्याको चापले खानेपानीको चरम अभाव, वायु प्रदुषण, फोहरमैलाको दुर्गन्ध, ट्राफिक जाम लगायतको समस्या बढेको अवस्थामा नेपाल सरकार शहरी विकास मन्त्रालय काठमाण्डौ उपत्यका नगर विकास प्राधिकरण मार्फत उपत्यकामा १ लाख रोपनीको शहर र १०÷१० हजार रोपनीका ३ वटा उपशहर निर्माण गर्ने योजना स्वीकृत गरिएकोप्रति यो सभाको गम्भीर ध्यानाकर्षण भएको छ । शहर विकासले उपत्यकाको सम्पूर्ण खेतीयोग्य जमिन र प्राकृतिक स्रोतहरू समाप्त हुने, भूकम्प, बाढी, महामारी लगायतका विपद्को जोखिम बढ्ने मात्र नभई यहाँका आदिवासी जनताहरूलाई समेत विस्थापित गर्ने निश्चित छ । तसर्थ काठमाण्डौ उपत्यकामा ४ उपशहर विकास गरी देशभरिको जनसंख्या थुपार्नुभन्दा देशका विभिन्न जिल्लामा व्यवस्थित शहरीकरण गरी सन्तुलित विकासमा ध्यान दिन यो नगरसभा नेपाल सरकारसमक्ष जोड्दार माग गर्दछ ।
७) कृषिप्रधान देशमा रासायनिक मल विदेशबाट आयात गर्न मात्र पनि वाषर््िाक खर्बौ रुपैया खर्च भइरहेको छ । स्वदेशमै रासायनिक मल कारखाना खोलेर आधुनिक सिंचाइ प्रविधिको विकास गरी उन्नत वीउ विजनको विकास गरेर कृषि उत्पादन बढाउनुपर्नेमा यो सभा जोड दिन्छ ।
८) पश्चिमी अफ्रिकाबाट मध्यपूर्वी एसिया हुँदै पाकिस्तान र भारतको बाटो गरी सलह फट्यांग्राको महामारी नेपाल भित्रिन थालेको र तराइका अन्नबाली सखाप पार्न थालेको समाचारहरू आइरहेका छन् । कोभिड १९ रोगले नराम्रोसंग प्रभावित बनेको नेपालको अर्थतन्त्र सलह फट्यांग्राको महामारीले माथि उठ्नै नसक्नेगरी थला पर्नसक्नेतर्फ विज्ञहरूले चेतावनी दिएका छन् । यसतर्फ गम्भीर भई समयमै सलह फट्यांग्रा नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न यो सभा नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
९) खानेपानीको चरम अभाव भोगिरहेका भक्तपुर नगरवासीहरूलाई मेलम्चीको खानेपानी पहिलो चरणमा सन्तुलित वितरण गर्न यो सभा नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनासमक्ष पुनः जोड्दार माग गर्दछ । साथै काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमार्फत खानेपानी वितरण भइरहेकोमा सबै नगरवासीहरूलाई पुग्दो मात्रामा सन्तुलित वितरण नभइरहेको, धमिलो तथा प्रदुषित पानी समेत वितरण भएको, ठाउँ ठाउँमा फुटेका पाइप समयमै मर्मत सम्भार नगरिएको, वितरण प्रणालीमा सुधार नगरिएको र हालै खानेपानीको मुहान रहेको भंगेरी डाँडामा जनभावनाविपरीत एकपक्षीय ढंगबाट रंगशाला निर्माणको नाममा वन फडानी भइरहेको र खानेपानीको मुहान बिगारिरहेकोमा यो सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गलत कृयाकलाप तत्काल रोकी खानेपानी वितरणमा सुधार ल्याउन केयूकेएलसमक्ष यो सभा माग गर्दछ ।
आ.व. २०७७ \७८ का लागि भक्तपुर नगरपालिकाको बजेट
रजनी जोशी
यस भक्तपुर नगरपालिकाको सातौं नगरसभाका सभाध्यक्षज्यू, नगरसभा सचिवज्यू एवं सम्पूर्ण नगर सभासदज्यूहरू,
सर्वप्रथम विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन बलिदान गर्नुभएका प्रातः स्मरणीय शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदछौं । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण नेपालमा पनि दिनानुदिन बढिरहेको अवस्थामा यस रोगको जोखिम न्यूनीकरणका लागि अग्रमोर्चामा संघर्ष गरिरहनुहुने सबै स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत यस नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी जनप्रतिनिधिहरूले नगरबासीमाझ घोषणाापत्रमार्फत प्रतिवद्धता व्यक्त गरे अनुसार निरन्तर जनताको सेवा गरिरहेका छौं । ऐतिहासिक नगरी भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा र भक्तपुरलाई आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौं ।
सभाध्यक्ष महोदय,
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधि बहाली भएको चौथो आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश गर्दै गर्दा यस आर्थिक वर्षको बजेटमा विश्वभरि नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको असर परेको छ । यस महामारीको कारणले देशभर ३ महिनासम्म बन्दाबन्दी रह्यो र अहिले सरकारले बन्दाबन्दीलाई केही खुकुलो पारेको अवस्था मात्र हो । यस्तो विषम परिस्थितिमा यथासम्भव जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने लक्ष्यसहितको बजेट निर्माण गर्ने प्रयास गरेका छौं । प्रतिकूल अवस्थाका कारण हामीले प्रक्षेपण गरे अनुरुप कर उठाउन नसकेको अवस्थामा हरेक क्षेत्रमा मितव्ययीता अपनाई यस आर्थिक वर्षको बजेट निर्माण गरेका छौं ।
चालू आ.ब. २०७६÷७७ का लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको संक्षिप्त समीक्षा प्रस्तुत गर्दछु ः
आयतर्फ ः
यस नगरपालिकाको चालू आ.ब.का लागि कूल बजेट २ अर्ब १३ करोड १० लाख रुपैया विनियोजन गरिएको थियो । आयतर्फ बाह्य स्रोतबाट जम्मा १ अर्ब २२ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७७ जेठ मसान्तसम्ममा जम्मा ८२ करोड ३४ लाख ४९ हजार आम्दानी भयो जुन अनुमान गरिएकोको ६७.३६ प्रतिशत हुन आउँछ । चालू आ.व.को असार मसान्तसम्ममा बाह्य स्रोतबाट ९१ करोड ६० लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ, जुन ७४.८४ प्रतिशत हुन आउँछ ।
नगरपालिकाद्वारा संचालित आवास योजना समयमै सम्पन्न गर्ने हेतुले नगरपालिकाले चालू आ.व.मा ऋण सहयोगवापत रु.२५ करोड आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनासंग रहेको बाँकी मौज्दातबाट नै कार्य संचालन भएको हुँदा ऋण लिन आवश्यक भएन ।
आन्तरिक स्रोततर्फ नगरबासीहरूबाट विभिन्न कर दस्तुरवापत उठ्ने रकम र पर्यटक सेवा शुल्कमार्फत संकलन हुने रकम समेत कूल रकम ४२ करोड तथा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्रीबाट आउने रकम २० करोड गरी जम्मा ६२ करोड रुपैया आम्दानी हुने अनुमान गरिएकोमा चालू आ.व.मा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा विक्री गरिएन । २०७७ जेठ मसान्तसम्ममा आन्तरिकतर्फ २६ करोड २८ लाख ५५ हजार रुपैया आम्दानी भयो जुन अनुमानितको ४२.४० प्रतिशत हुन आउँछ । कोभिड–१९ रोगको महामारीको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले देशभरि बन्दाबन्दी (लकडाउन) लागू गरेको कारण पर्यटकहरूको आवागमन ठप्प भयो । पर्यटन क्षेत्रको हकमा विश्वभर नै नकारात्मक असर परेको अवस्थामा भक्तपुर नगरपालिका पनि अछुटो रहेन । फलस्वरुप पर्यटन शुल्क ३० करोड रुपैया आम्दानी हुने अनुमान गरिए पनि चालू आ.व.को जेठ मसान्तसम्ममा १७ करोड २४ लाख ६५ हजार मात्र आम्दानी भयो ।
चालू आ.व.को जेठ मसान्तसम्म नगरपालिकाको बाह्य तथा आन्तरिक स्रोतबाट कूल १ अर्व ८ करोड ६३ लाख ४ हजार आम्दानी भयो भने असार मसान्तसम्ममा १ अर्व १८ करोड ३५ लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान छ ।
व्ययतर्फ
चालू अन्तर्गत ः
चालू आ.ब. २०७६÷७७ का लागि चालूतर्फ ९९ करोड ८० लाख रुपैया विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७० करोड ९३ लाख १७ हजार अर्थात ७१.०६ प्रतिशत खर्च भयो । चालू आ.व.को असार मसान्तसम्ममा चालूतर्फ ७७ करोड ३८ लाख १ हजार खर्च भई चालूतर्फको कूल विनियोजित व्ययको ७७.४५ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
पुँजीगत अन्तर्गत ः
चालू आ.व. २०७६÷७७ का लागि सम्पदा पुनः निर्माणतर्फ रु. ९ करोड ९४ लाख ३२ हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा १२ वटा आयोजनाहरू सम्पन्न भई रु. १ करोड १८ लाख २८ हजार खर्च भयो र २० वटा योजना हाल संचालित छन् । चालू आ.व.को असार मसान्तसम्ममा सम्पदा पुनः निर्माणमा रु. ३ करोड ७४ लाख ९० हजार खर्च हुने संशोधित अनुमान गरिएको छ ।
चालू आ.व.मा नगरस्तरीय विकास निर्माणका योजनाहरूमा रु. २ करोड ४९ लाख ४४ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा थप ४६ वटा योजनाहरू संचालन भई छ करोड २३ लाख २३ हजार खर्च हुने संशोधित अनुमान छ ।
चालू आ.व.मा वडास्तरीय योजनाको लागि दशवटै वडामा ५० लाखको दरले ५ करोड रुपैयाँ विनियोजन भएकोमा जेठ मसान्तसम्ममा सबै वडामा अधिकांश वडास्तरीय योजनाहरू सम्पन्न भई ४ करोड ९२ लाख रुपैया अर्थात ९८.४० प्रतिशत खर्च भएको छ ।
सडक बोर्ड अन्तर्गत दशवटै वडामा सडक मर्मतका लागि रु. १ करोड विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ७४ लाख ५७ हजार खर्च भएको छ भने असार मसान्तसम्ममा सबै योजना सम्पन्न भई शत प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
नगरवासी ज्येष्ठ नागरिक, एकल महिला, अशक्त अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि संघीय सरकारबाट चालू आ.व.मा १७ करोड ६५ लाख बजेट विनियोजन भएकोमा वडा कार्यालयहरूमार्फत चालू आ.व.मा तीन किस्तामा सामाजिक सरक्षा भत्ता वितरण गर्दा जम्मा १८ करोड ५३ लाख ९७ हजार अर्थात १०४.९७ प्रतिशत खर्च भई नपुग रकम संघीय सरकारबाट सोधभर्ना माग गरिएको छ ।
नगरपालिका अन्तर्गत विभिन्न विषयगत समितिहरूका लागि चालू आ.व.मा रु. ८ करोड ९ लाख विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा ३ करोड ५४ लाख ९५ हजार अर्थात ४३.८७ प्रतिशत खर्च भयो ।
सशर्त अन्तर्गत २६ करोड ४५ लाख रुपैया बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा कूल १९ करोड ९९ लाख ७९ हजार अर्थात ७५.६० प्रतिशत खर्च भयो ।
यस हिसावले चालू आ.व.मा पुँजीगततर्फ कूल रु. १ अर्व १३ करोड ३० लाख रुपैंयामध्ये विकास निर्माण र सम्पदा पुनः निर्माणतर्फ रु. ७२ करोड ९१ लाख १० हजार विनियोजन गरिएकोमा जेठ मसान्तसम्ममा यथार्थ खर्च ४८ करोड २१ लाख ९५ हजार खर्च भयो । चालू आ.व.को असार मसान्तसम्ममा पुँजीगततर्फ रु. ५१ करोड ७६ लाख ६२ हजार खर्च भई खर्च ७०.९९ प्रतिशत हुने संशोधित अनुमान छ ।
सभाध्यक्ष महोदय,
यस गरिममामय नगरसभामा आर्थिक वर्ष २०७७।७८ का लागि नगरपालिकाको वार्षिक बजेट पेश गर्ने अनुमति चाहन्छु ।
आ.व. २०७७।७८ का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ को विस्तृत विवरण एवं स्वीकृत योजनाहरू अनुसूची १, २ र ३ मा समावेश गरिएको छ ।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७७÷७८ को लागि रु. १ अर्ब ८२ करोड ४० लाख अनुमान गरिएको छ ।
आयतर्फ ः
आ.व. २०७७÷७८ का लागि बाह्य स्रोतबाट जम्मा ९९ करोड २९ लाख २४ हजार आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ५४ करोड ४५ लाख अनुमान गरिएको छ भने सामाजिक सुरक्षा भत्तावापत २३ करोड र सडक बार्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ६ करोड ५४ लाख २२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजश्व बाँडफाटबाट १४ करोड ९० लाख २ हजार आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै जिल्ला समन्वय समिति, भक्तपुरबाट ४ करोड रुपैया प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आ.व.का लागि नगरपालिकाबाट संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्ने हेतुले २५ करोड रुपैया बैंक ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकमलगायतबाट ३३ करोड ३९ लाख र नगरपालिकाको जग्गा विक्रीबाट १३ करोड गरी कूल ४६ करोड ३९ लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र अर्थतन्त्रमा मात्र नभई नगरवासीहरूको आर्थिक कृयाकलापमा पनि गम्भीर नकारात्मक प्रभाव परेको वर्तमान अवस्थालाई मध्यनजर गरी यो आर्थिक वर्षमा आन्तरिकतर्फ आयको स्रोत अनुमान गर्ने सन्दर्भमा नगरवासीहरूको राय सुझाव तथा स्थानीय राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी साविकको करका शीर्षकहरूमध्ये अधिकांशमा यथावत नै राखिएको छ । केही आवश्यक करका शीर्षकहरूको दर तथा दायरामा संशोधन तथा थप प्रस्ताव गरिएको छ । करको दर पुनरावलोकन गर्दा नगरवासीहरूलाई कम मात्र आर्थिक भार पर्ने गरी सहुलियत र छुट दिन सकिने कुराहरूलाई ध्यान दिइएको छ ।
व्ययतर्फ ः
२०७७ असार ७ गते प्रस्तुत तथा असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रु. १ अर्ब ८२ करोड ४० लाखको कूल बजेट विनियोजन गरिएको छ ।
चालूतर्फ खर्चका लागि ३९ करोड ८९ लाख ७६ हजार रुपैया विनियोजन गरिएको छ । यसमध्ये प्रकोप व्यवस्थापन कोषका लागि ५० लाख रुपैयासमेत व्यवस्था गरिएको छ । स्थानीय तह सशर्त चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३४ करोड ३ लाख १३ हजार रुपैया, सामाजिक सुरक्षा भत्तामा २३ करोड र नगरपालिका अन्तर्गत गठित विभिन्न समिति खर्च शीर्षकमा ८ करोड ७४ लाख रुपैया विनियोजन गरिएको छ । यस हिसावले कूल चालू खर्चका लागि रु. १ अर्ब २ करोड ६६ लाख ८९ हजार रुपैया विनियोजन गरिएको छ ।
कोभिड–१९ रोग संक्रमणको विषम परिस्थितिमा नगरपालिकाको चालू खर्चलाई मितव्ययी बनाउने प्रयास गरिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरूले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिहरूको बैठक भत्ता आधा घटाउने समेत व्यवस्था गरेका छौं । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई पनि चालू आ.व.सम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्तावापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाई समितिको तर्फबाट यो वर्ष नलिने निर्णय गरिएको जानकारी समेत प्राप्त भएको यस सम्मानित नगरसभामा प्रस्तुत गर्दछौं । यसबाट नगरपालिकाको चालू खर्चमा रु. १ करोड २६ लाख रुपैया बचत हुने देखिन्छ । नगरपालिकाका सबै कर्मचारीहरू तथा नेपाल कर्मचारी एसोसियसन भक्तपुर नगरपालिका एकाइ समिति परिवारलाई धन्यवाद ज्ञापन गर्दछौं ।
आ.व. २०७७÷७८ का लागि पुंजीगततर्फ रु ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरिएको छ जसमध्ये नगरपालिकाद्वारा संचालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २५ करोड रुपैया विनियोजन गरिएको छ । नगरपालिकाबाट विगत वर्षदेखि संचालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न यो वर्ष १५ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ, जसमा निर्माणाधीन ख्वप अस्पताल भवनका लागि १० करोड २० लाख रुपैया एवं संघीय तथा वागमती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानका लागि छनौट गरिएका योजनाहरूका लागि २ करोड ५० लाख रुपैया समेत समावेश गरिएको छ । सम्पदा पुनः निर्माण अन्तर्गतका क्रमागत योजनाहरू संचालनका लागि यो वर्ष रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ । नगरपालिकाद्वारा संचालित तुमचो दुगुरे जग्गा एकीकरण आयोजनाको कार्यालय यो वर्षदेखि बन्द गरिनेछ । त्यस क्षेत्रका केही क्रमागत योजनाहरू सम्पन्न गर्न यो वर्ष २ करोड रुपैया बजेट विनियोजन गरिएको छ ।
यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको छ । नगरपालिकाको आप्mनै स्रोतबाट संचालन हुने र संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक एवं विशेष अनुदानका योजनाहरू संचालन गर्न यो वर्ष २० करोड ९५ लाख रुपैया विनियोजन गरिएको छ । त्यस्तै वडास्तरका योजनाहरू संचालन गर्न विगत वर्षझैं यो वर्ष पनि प्रति वडा रु. ५० लाखको दरले जम्मा ५ करोड रुपैया र सडक बोर्ड अन्तर्गतका योजनाहरू संचालन गर्न १ करोड रुपैया विनियोजन गरिएको छ ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोलाई यो वर्ष पनि निरन्तरता दिंदै यसका लागि ३ करोड रुपैया विनियोजन गरिएको छ । त्यस्तै भक्तपुरको कला, वास्तुकला, संस्कृति, इतिहास, वातावरण, सरसफाइ, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशीपसंगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको छ र यसका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ । ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणका लागि यो वर्ष ५० लाख रुपैया विनियोजन गरिएको छ ।
खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खोला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सिमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि १ करोड ५४ लाख २१ हजार रुपैया विनियोजन गरिएको छ ।
यस हिसाबले कुल बजेटको चालू खर्चतर्फ ५६.२९ प्रतिशत र पुँजीगत खर्चतर्फ ४३.७१ प्रतिशत विनियोजन गरिएको छ ।
सभाध्यक्ष महोदय,
नगरपालिकाले आ.व. २०७७÷७८ का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहाय बमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछौं ः
– शिक्षा तथा संस्कृति क्षेत्रमा (नगरपालिकाद्वारा संचालित कलेजहरूको बजेटबाहेक) ः ३८ करोड १२ लाख ३० हजार रुपैया (२०.९० प्रतिशत)
– स्वास्थ्य क्षेत्रमा (नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रहरूको बजे६बाहेक) ः १४ करोड २ लाख रुपैया (७.६९ प्रतिशत)
– सम्पदा संरक्षण तथा विकास निर्माणको क्षेत्रमा ः ४२ करोड २३ लाख ११ हजार रुपैया (२३.१५ प्रतिशत)
– फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ः ११ करोड ८५ लाख ६८ हजार (६.५० प्रतिशत)
– महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ः २४ करोड ७६ लाख रुपैया (१३.५७ प्रतिशत)
– युवा तथा खेलकुदको क्षेत्रमा ः ३ करोड ३६ लाख रुपैया (१.८४ प्रतिशत)
– कृषि क्षेत्रमा ः ७४ लाख रुपैया (०.४५ प्रतिशत)
– खानेपानी क्षेत्रमा ः १ करोड ८९ लाख २१ हजार (०.९८ प्रतिशत)
– नगरभित्रका सामुदायिक विद्यालयहरूमा वालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूको कार्य मूल्यांकन गरी प्रति व्यक्ति प्रतिमहिना रु.४०००।– का दरले थप पारिश्रमिक तथा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजावापत अनुदान रकम नगरपालिकाको आप्mनै स्रोतबाट व्यहोर्ने बन्दोबस्त गरिएको छ ।
यस नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा संघ र प्रदेश सरकारका कार्यक्रमहरूसंग दोहोरो नपर्नेगरी समन्वय गरी पारदर्शी एवं जवाफदेही हिसावबाट कार्यान्वयनको व्यवस्था गर्नेछौं । यस नगरपालिकामा काम गर्न इच्छुक संघसंस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
अन्त्यमा, आ.व. २०७७।७८ का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, संघसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । धन्यवाद
प्रस्तुतकर्ता
रजनी जोशी, उपप्रमुख, २०७७ जेठ १० गते














