संक्रमित महिलाको यात्रा वितरण अनुसार चोफल भक्तपुरमा सिल

भक्तपुर, जेष्ठ२५ गते
शनिवार कोरना भाइरस संक्रमण पुष्टि भएकी महिलाले सुत्केरी गराउन भक्तपुर बसेको पाइएकाले भक्तपुर नगरको चोफलमा उनी डेरा गर्दै आएको घरलाई सिल गरिएको छ । लक डाउनपछि गृह जिल्ला दोलखा पुगेर सुत्केरी गराउन मात्र जेष्ठ १८ गते भक्तपुर आएका ती महिलाले मध्यपुर अस्पतालमा जेष्ठ २१ गते अपरेशन गराइ बच्चा जन्माएकी थिइन । बच्चा जन्माएपछि भने उनको परिवार कोटेश्वरस्थित आफ्नो घरमा बस्न थालेको भए पनि उनी डेरा गरी बसेको घर सिल गरिएको स्थानीय वडाध्यक्ष रविन्द्र ज्याख्वले जनाएको छ । दोलखाबाट सुत्केरी गराउन जेष्ठ १८ गते भक्तपुरस्थित उनीे डेरामा बसेकी थिइन् भने २१ गते मध्यपुर अस्पतालमा अपरेशन गरी बच्चा जन्माएकी थिइन । संक्रमित जहाँको भएपनि, उपचार जहाँ भए पनि उनी सुत्केरी हुनुपूर्व भक्तपुर बसेकाले थप सर्तकता अपनाएको वडाध्यक्ष ज्याख्वले जनाएको छ । संक्रमित महिला भक्तपुरका एक विद्यालयकी शिक्षिका समेत रहेकाले जोखिम व्यवस्थापन गरिएको उहाँको भनाई हो । संक्रमितको यात्रा विवरण अनुसार भक्तपुरका स्थानीयबासिन्दासँग उनको सम्पर्क नभएको देखिएकाले त्यसबाट स्थानीयमा जोखिम नभएको उहाँको विश्लेषण छ । सोही वडाका महिला जनप्रतिनिधीमा यस अघि कोरना संक्रमण देखिएको थियो । संक्रमण देखिएको ६ दिनमै संक्रमित जनप्रतिनिधी कोरना मुक्त भर्ई हाल घर फर्कि सकेकी छिन् । अहिले संक्रमित अर्का महिला दोलखा घर भइ हाल कोटेश्वरमा आफ्नै नवनिर्मित घरमा बस्दै आएका संक्रमित ३१ वर्षिय सुत्केरी महिला हुन । संक्रमित महिलाकी श्रीमान्सँग फोनमार्फत कुराकानी गर्दा उनीहरु काठमाण्डौको कोटेश्वरमै बस्दै आएको कुरा खुलेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताएका छन् । आफ्नै घर हुँदा हुँदै डेरामा बसेर किन सुत्केरी गराइन? प्रश्न उठेको छ । यद्यपी प्रहरीले उनको डेरा गरी बसेको क्षेत्रलाई शनिवार साँझ देखि सिल गरेको छ ।

सुत्केरी हुनु पूर्व आडिटी परिक्षण नेगेटिभ आएकी उनको सुत्केरी पछिको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा पुगेका नर्स र चिकित्सकहरु क्वारेन्टाइनमा राखिएको छ । मध्यपुर अस्पतालले शनिवार एक विज्ञप्ति जारी गर्दै संक्रमितसँग नजिक भएका ६ जना चिकित्सक, १२ जना नर्स, ११ जना हेल्पर र १ जना ल्याब स्टाफलाई क्वारेन्टानमा राखिएको जनाएको छ । गर्भवती महिला जेष्ठ २१ गते अस्पताल भर्ना भई सोही दिन उनको अपरेशन गरी सुत्केरी गराएको थियो । अपरेशन अगाडि गरिएको पीसीआर परीक्षणको रिर्पोट शनिवार मात्रै आएपछि जिल्ला संकट व्यवस्थापन सेन्टर, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी बीच छलफल गरी संक्रमितको उपचार, व्यवस्थापन तथा यात्रा विवरण संकलन गर्ने कार्य थालेको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर रविना प्रधानांगले विरामीमा संक्रमण भएको पुष्टि भएपछि अस्पताललाई निर्मलीकरण, कर्मचारी व्यवस्थापन गर्दै अस्पतालले दिन्दै आएको ओपिडी, इमर्जेन्सी सेवा तथा आइसियु सेवा समेतलाई सुचारु राखेको विज्ञप्ति मार्फत जनाएको छ ।
संक्रमित महिला सुत्केरी हुनु पूर्व लक डाउनकैक्रममा पनि गृह जिल्ला दोलखासम्म पुगेककी, सुत्केरी गराउन भक्तपुर नगरको डेरामा फर्केककी तथा सुत्केरी पछि कोटेश्वरस्थित आफ्नै घरमा बस्न थालेकीले उनको थप उपचार व्यवस्थापन कार्य काठमाण्डौ जिल्लाबाटै हुने जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । अर्का झौखेल चानपा ३ की कोरना भाइरस संक्रमित सुत्केरी महिलाको परिवार र बच्चाको कोरना रिर्पोट नेगेटिभ आएको भन्दै उनको अवस्था पनि सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।