भक्तपुर, चैत्र १८ गते
कोरना भाइरसको विश्वव्यापी महामारीले देशमा लकडाउन थपिएपछि घर फर्किनको संख्या बढेको छ । घर फर्किन चाहनेहरुले जिल्ला प्रसशासन कार्यालय भक्तपुरमा निवेदन लिएर सवारी पास र घर फर्कनेहरुको विवरण बुझाउनुपर्ने हुन्छ । यसरी घर फर्किनेहरुका लागि प्रसाशनले पनि सहजिकरण गरी दिएको छ । सामान्यतया जिल्लाका एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नलाई खासै समस्या महसुस नगरिए पनि बाहिरी जिल्लाबाट भक्तपुर बसोवास गर्दै आएका समुदायलाई भने आ आफ्नो घर फर्किन यतिबेला निकै गाह्रो महसुस गरी रहेका छन् । सार्वजनिक सवारी नचलेको बेला घण्टौ लगाएर प्रसाशनबाट पास लिएर पनि घर फर्किने अवस्था नभएपछि जिल्ला जिल्ला जाने समुदाय मिलेर एउटै गाडीमा घर जाने व्यवस्थापनमा जुतेका हुन । यसैले सोमबार जिल्ला प्रशासन कार्यालयमा पास लिन आउनेको संख्या सयौंको थियो । तिनीहरुलाई लाइनमा राखेर आफ्नो बिवरण बुझाउन प्रहरीले अनुरोध गर्दै थिए । सहभागिहरु बीच दुरी कायम गराउदै लाइनबद भएपछि क्रमिकरुपमा तिनीहरुको विवरण लिन्दै प्रसाशनले सवारी पास दिन थालेको हो । अतिआवश्यक काममा जानेको लागि विहान १० बजे देखि १२ बजेसम्म पास दिने व्यवस्था गरिएको भए पनि मंगलबार देखि थपिएको लकडाउनका कारण घर फर्किनेको संख्या सोमबार बढेको थियो । एउटा गाडीमा २५ जना भन्दा बढी नहुने गरी प्रसाशनले घर फर्कन चाहनेहरलाई सवारी अनुमति प्रदान गर्दा सोमबार दिनभरी नै सवारी पास लिनेको हुल जमेको थियोे ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













