साझायातायातले यात्रु ओर्सार्दै

भक्तपुर, चैत्र १८ गते
काठमाण्डौ उपत्यका र धुलिखेलसम्म सेवा दिइरहेको साझा यातायातले अति आवश्यक काममा जाने यात्रुको लागि लक डाउनको समयमा पनि सेवा दिइरहेको पाइको छ । सिट संख्या भन्दा बढी यात्रु नराखी साझा यातायातले धुलिखेल देखि भक्तपुर, काठमाण्डौ र ललिपुरका मुख्य सडक रिगरोडमा सेवा दिइरहेको देखिएको हो । विशेष गरी काठमाण्डौ र धुलिखेलका अस्पतालहरुमा ओहरदोहर गर्नुपर्ने यात्रुका लागि सो सेवा प्रभावकारी मानिएको छ । यसैगरी घर फकर्नेहरु ठाउँ ठाउँका बसस्टेशन र पेटेल पम्पहरुमा जमघट देखिन्थ्यो ।