भक्तपुरका ८ सहित उपत्यकामा एकै दिन १३४ जना संक्रमित

भक्तपुरका ८ सहित उपत्यकामा

एकै दिन १३४ जना संक्रमित

काठमाण्डौं, श्रावण २७ गते
कोरोना भाइरसबाट मंगलबार भक्तपुरका ८ जना सहित देशभर ६ सय ३८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पुष्टि गरेको छ । संक्रमित मध्ये काठमाण्डौ उपत्यकाका मात्रै १ सय ३४ जना रहेको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जनाएका हुन । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पोजोटिभ पुष्टि भएको उहाँले नियमित पत्रकार सम्मलेनमा जनाएका हुन । योसँगै देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । संक्रमति मध्ये ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् भने १६ हजार ६ सय ६४ जना कोरना मुक्त भएका छन् । मंगलबार संक्रमित मध्ये भक्तपुरका ८, ललितपुरका १६ र काठमाण्डौ जिल्लाका मात्रै ११० जना रहेको स्वास्थ्य मन्त्तालयले जनाएको छ ।
४ जनाको मृत्यु
कोरोना संक्रमण पछि उपचारकाक्रममा रहेका ४ जना संक्रमितहरुको पनि मंगलबार मृत्यु भएको छ। धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ४ जना संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मृत्यु हुनेहरुमा धनुषाका ५० र ६० वर्र्षीय दुई पुरुष रहेका थिए भने काभ्रेका ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका थिए । योसँगै ८३ कोरना संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबार १ सय ७१ जना संक्रमण मुक्त भएका थिए । अहिले होम आइसोलनेशनमा रहेका विरार्मीको संख्या २२४ रहेका छन् भने आइसियूमा ८५ संक्रमित रहेका छन । यी मध्ये तीन जना भेन्टिलेटरमा पनि रहेको जनाएको छ ।