जिल्ला बचत संघको उत्प्रेरित कार्यक्रम सम्पन्न

जिल्ला बचत संघको वउत्प्रेरित कार्यक्रम सम्पन्न
जेष्ठ २३, गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा नेफस्कूनको प्राविधिक सहयोगमा अनलाइन स्वउत्प्रेरित (ःयतष्खबतभ थ्यगचकभाि० कार्यक्रम सम्पन्न भएकोछ । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्नुहुदैं कोरानाका कारण निरश, पिडा र तनावमा रहेको जनजीवनमा स्वउत्प्रेरित भई उच्च मनोबलका साथ जनजीवनलाई अगाडि बढाउन सहज होस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । वहाँले जिल्ला प्रशासन कार्यालयले जारी निषेधआज्ञामा सहकारीलाई सम्बोधन नगरि उपेक्षा गरे पनि समुदायिक सहकारीले स्वास्थ्य मापदण्ड पालना गरि बैकल्पीक उपायहरुद्धारा निरन्तर सेवा दिईरहेको बताउनुभयो । साथै सहकारी संस्थाले बचत ऋण र ऋण दिने मात्र काम नगरि विपत्तमा सामाजिक दायित्व अन्र्तगत भुमिका निभाइरहेको सोको ज्वलन्त उदाहरण ख्वप अस्पतालमा अक्सिन प्लान्त जडान तथा स्वास्थ्य समाग्री खरिदका लागि संघमा आबद्ध सदस्य संस्थाहरुले ७५ लाख भन्दा बढी सहयोग भइसकेको अझ सहयोगको क्रम जारी रहेको कुरा बताउनुभयो ।


कार्यक्रमका प्रस्तोता विकास देव योन्जन तामाङले प्रस्तुतीमा समय परिर्वतनशिल रहेकोले एक दिन कोरानाले पनि हार खान्छ । सो दिनका लागि हामी सजक भई जीउन आवश्यक छ । जीवन छ त सुख, दुःख हुन्छ, नाफा घाटाका कुरा हुन्छ । तसर्थ सकारात्क सोचका साथ अगाडी बढुनुपर्ने, जिबनलाई बदल्न संगत बदल्नुपर्छ । संधै लिने सोच भन्दा दिने सोचको विकास गर्नुपर्छ भन्ने जिवन उपयोगि र व्यवहारिक कुराहरु बताउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कार्यक्रममा स्वागत गर्दै कोरोना कहरमा मानसिक तनावमा रहेको अवस्थामा स्वउत्प्रेरण कार्यक्रमले स्वउत्प्रेरित हुने विचार राख्नुभयो । सो कार्यक्रममा ८४ जनाको सहभागिता रह्यो ।