भक्तपुर बौद्ध महिला संघको प्रथम वार्षिकोत्सब

भक्तपुर बौद्ध महिला संघको प्रथम वार्षिकोत्सब

भक्तपुर,  असोज १५ गते

भक्तपुर बौद्ध महिला संघको प्रथम वार्षिकोत्सब, शुभकामना आदानप्रदान तथा परिचयपत्र वितरण कार्यक्रम आज अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय फ्राखु विशाल धम्मस‍ोभन महास्थविरको प्रमुअ आतिथ्यत्वमा बौद्ध समंकृत बिहार कुथुबहि भक्तपुरमा सम्पन्न भयो । प्रमुख महास्थविरले महिलाहरूले बुद्ध धर्मको अध्ययन र स‍ोहि अनुसार आचरण गर्नु पर्ने उपदेश दिनु भयो । बौद्ध संघ भक्तपुरका अध्यक्ष त्रिरत्न शाक्य,युवा बौद्भ संघका रत्न सुन्दर, मैत्रीय युवा संघकाले महिलाका महिला संघका अध्यक्ष लक्ष्मि चन्द्र बज्राचार्य बज्राचार्य,युवा बौद्ध संघका सचिब तुल्सीकाजी मानन्धर बौद्ध संघका संस्थापक अध्यक्ष संघरत्न शाक्यले शुभकामना मन्तव्य दिनु भयो । संघरत्न शाक्यले भक्तपुर बौद्ध महिला संघलाई २५ हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो । कार्यक्रम भक्तपुर बौद्ध महिला संघका अध्यक्ष सूर्यशोभा बज्राचार्यको सभापतित्वमा भएकोमा स्वागत मन्तव्य कार्यसमिति सदस्य सुमित्रा मानन्धर तथा धन्यवाद ज्ञापन कार्यसमिति सदस्य नारायणदेवी प्रजापतिले दिनु भयो । कार्यक्रम संचालन संस्थाका सचिब बिद्या बज्राचार्यले गर्नु भय‍ो ।