राज्यले आदिवासी जनजातिको प्रथाजनित सभ्यता र हक  अधिकारका सवालहरुलाई ब्यवास्था गरेको सरोकारवालाको ठम्याई, तीन दिने पताकारिता अभिमुखिकरण सम्पन्न

काठमाडौं, माघ १८ गते
राज्यले आदिवासी जनजातिको प्रथाजनित सभ्यता र हक  अधिकारका सवालहरुलाई ब्यवास्था गरेको भन्दै आदिवासी सामुदायिक रेडियो नेटर्वकले सञ्चार नीति तथा कानूनमा आदिबासी जनजातिका सवालहरुमा शनिवार राष्ट्यि परामर्स गोष्ठी आयोजना गरेको छ । राज्य सञ्चालनमा जुनसुकै दलका जो नेता पुगे पनि आदिवासी जनजातिका सवालहरुलाई ब्यवास्था गर्दै आएको उल्लेख गर्दै सभाका अतिथीहरुले आदिवासी जनजातिको प्रथाजनित संस्कार र सभ्यतालाई सरक्षण नगरेसम्म देशमा स्वशासन र स्वायतता भएको अनुभूति गर्न नसकिने विचार व्यक्त गरे । नेपालको संविधानको प्रस्तावनामै उल्लेख गरेका बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा भौगोलिक विविधतायुक्त समाजमा पूर्ण प्रेस स्वतन्त्रता सहितको राष्ट्को परिकल्पना समेत ब्यवहारमा कार्यान्वयन नभएको उल्लेख गर्दै आदिवासी जनजातिको सञ्चारसँग सम्बन्धित नीति र कानून लगायतमा आदिवासी जनजातिको अडान पत्र सो अवसरमा प्रस्तुत गरेका थिए ।


नेपाल सरकारले आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तर्राष्ट्यि श्रम संगठन महासन्धि नं १६९ र जैविक बिविधता सम्बन्धि महासन्धिको अनुमोदन र आदिवासी जनजातिको अधिकारसम्बन्धि संयुक्त राष्ट् संघीय घोषणा पत्रको पक्षमा मतदान गरेको भए पनि सो अनुरुप ब्यवहार नदेखाएको उल्लेख गर्दै सञ्चारसँग सम्बन्धित नीति र कानून लगायतमा आदिवासी जनजातिको अडान पत्र आयोजक समितिका वरिष्ठ पत्रकार कुमार यात्रुले प्रस्तुत गरेका थिए । सो आडान पत्र माथि टिप्पणी गर्दै एमार्कका कार्यकारी अधिकृत सुमन बस्नेतले नेपालमा राजनैतिक अधिकार प्राप्तिसँगै स्वतन्त्र सञ्चारको विकासलाई जोड दिएको बताए । सामुदायिक सञ्चार क्षेत्रमा भन्ने ९० प्रतिशत समुदाय र १० प्रतिशत मात्रै रेडियो हुनुपर्नेमा सञ्चार क्षेत्रमा पत्रकार र संचालकहरुको मात्रै हावि भएकोमा आपति जनाउनु भयो भने सो नेटवर्कका महासचिव श्रीकृष्ण महर्जनले सञ्चार माध्यमहरुमा आदिवासीका सवालहरु उत्थान हुन नसकेको उल्लेख गर्दै प्रथाजनित संस्कार नै आदिवासी जनजातिको मुटु भएकाले स्वशासन र स्वायतामा राज्यको हस्तक्षेप अस्विकार रहेको उल्लेख गर्नु भयो ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मनोज थापामगरले आदिवासी जनजातिमैत्री कानुन निर्माण र कार्यान्वयनमा जोड दिन्दै सञ्चार गृहमा समावेसिता हुनुपर्ने उल्लेख गर्नु भयो । हरेक सञ्चार गृहमा समाचार कक्ष समावेसी हुनेपर्ने, समाचार समावेसी हुुनुपर्ने बताउँदै उहाँले सरकारी समाचार माध्यमको पदपूर्ति र समाचार समावेसी हुन सकेन भने आन्दोलनबाट प्राप्त गरेको अधिकार समेत गुम्ने खतरा रहेको औल्याउनु भयो । नेपाल आदिवासी जनजाति महिला महासंघका सचिव यान्की लामाले जनजातिको हक अधिकार सम्बन्धि योजनाकार र नीति निर्माताहरुको ध्यानाकर्षण गराउँदै आदिवासी जनजातिको नाममा राज्यले लाभ पाए पनि जनजातिले पाउन नसकेको जनाउनु भयो । यसै गरी सञ्चार माध्यमहरुमा जनजातिका सवालहरु यथोचित रुपमा उत्थान हुन नसकेको औल्याउँदै कागले कान लग्यो भन्दैमा आदिवासी जनजातिहरु कागको पछि डौडिन नहुने विचार व्यक्त गर्नु भयो ।
सभाका सभापति आदिवासी जनजाति सामुदायिक रेडियो नेटर्वकका अध्यक्ष जगत द्वंगले नेपालमा आदिवासी जनजातिको सामुदायिक रेडियोहरु संख्यामा ठोरै भए पनि राम्रो होस भन्ने उदेश्यले देशभरका जनजातिहरुले सञ्चालित रेडियोहरुका सञ्चालकहरुलाई आदिवासी जनजातिका सावालहरु बारे जानकारी दिन गोष्ठि र अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । आदिवासी पत्रकारहरुको क्षमतावृद्धि र ताजकिकरणका लागि सो गोष्ठिसँगै तिन दिने पत्रकारिता अभिमुखिकरण तालिम आयोजना गरेको बताउनु भयोे ।
यही माघ १५,१६ र १७ गते काठमाण्डौमा आयोजना भएको सो तालिममा देशभरका २४ जनजातिहरुले सञ्चालन गरेका रेडियोका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागि आदिवासी पत्रकारहरुको आआफ्नो जनजातिको अवस्था साझा सवालहरु र समस्याहरुको पचिान गर्दै रेडियो पत्रकारीताले उत्थान गर्न सकिने र उत्थान गर्नुपर्ने विषयवस्तुहरुको पुनर्ताजकि र समीक्षा गर्दै आदिवासी जनजातिका प्रथाजनित संस्कार र सभ्यताहरुको वृतचित्र, रेडियो रिर्पोटहरु प्रस्तुत गरी आदिवासी पत्रकारिताको प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणमा वरिष्ठ पत्रकार कुमार यात्रुले तालिमको संयोजन गर्दै देशभरका आदिवासी जनजातिको अवस्था, साझा सवालहरु बारे जानकारी एवं प्रशिक्षण दिएका थिए भने सामुदायिक रेडियो अभियान्ता रघु मैनालीले राष्ट्यि, अन्तर्राय रेडियो पत्रकारिताका मर्म र अभ्यासहरु बारे जानकारी दिँदै लक्षित वर्ग वा समुदायको लोकप्रिय एवं अपनत्वग्रहण हुने गरी रेडियो कार्यक्रम उत्पादन, सम्पादन र प्रशारणका सम्बन्धमा प्रशिक्षण दिएका थिए । आयोजक समितिका महासचिव श्रीकृष्ण महर्जनले आदिवासी जनजातिले आफ्नो आदिवासी समुदायको विषयहरुलाई के कसरी व्यवस्थित हुने गरी प्रसारण गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए । सो तालिमका लागि कल्चलर सभाईभर र व्याक संस्थाका नेपाल संयोजक देव सुनुवारले सहजिकरण एवं सहकार्य गर्नु भएको थियो ।