बाढी र डुबानमा परेकाहरूको तत्काल राहत उद्धारको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिनुभएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको र लाखौं मानिस प्रभावित भएको भन्दै उहाँले तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
वर्षाका कारण भएको डुबानबाट हजारौं हेक्टरमा लगाइएको धान तथा अन्य बाली नष्ट भएको छ भने खेतीयोग्य जमिन बाढीले कटान गरेको छ । यसैबीच, सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको बारेमा अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बाढीका कारण कृषिमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको र मातहतका निकायहरूलाई क्षतिको विवरण संकलन गरेर पठाउन भनिएको पनि बताउनुभयो ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...












