पाठेघर परीक्षणसम्बन्धी स्वास्थ्य शिविर
भक्तपुर, १७ माघ । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालय र महिला स्वास्थ्य परिचालन समिति भनपा ९ को संयुक्त आयोजनामा शनिबार पाठेघर परीक्षणसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो ।
दत्तात्रय आधारभूत विद्यालयको प्राड्डणमा भएको उक्त शिविरमा २०७ जना महिलाहरूको पाठेघर तथा स्तन परीक्षण गरिएको थियो भने १४ जना पुरूषहरूको पनि स्तन परीक्षण भएको थियो ।
शिविरको उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोग लागेपछि उपचारभन्दा रोग लाग्नुपूर्वको स्वास्थ्य परीक्षण महŒवपूर्ण हुने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर ख्वप अस्पताल सञ्चालनको तयारी गरिरहेको प्रस्ट पार्नुभयो ।
कोरोना महामारीको त्रासले धेरैजसो महिलाहरू उपचारका लागि स्वास्थ्य केन्द्र नगइरहेको र महिलाहरूमा रोग लुकाउने प्रवृत्ति देखिएको चर्चा गर्दै प्रमुख प्रजापतिले समयमै आफ्नो स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिका ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले वातावरणीय प्रदूषण, परिवर्तित जीवनशैली र खानेकुरामा मिसावटका कारण कडा र प्राणघाटक रोगहरू बढी देखिएको हु“दा समयमै रोगको निदान गरी उपचार गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो । स्वास्थ्य उपचार सेवा मह“गो भएकोले घर–परिवारमा एक जनामात्र बिरामी हु“दा पनि पूरै परिवारलाई तनाव हुने उहा“को भनाइ थियो ।
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रूपम पाण्डेले पाठेघरको मुखको क्यान्सरबारे जानकारी दि“दै पापस्मेयर परीक्षणले रोग लाग्नुपूर्व नै सावधानी अपनाउन सहयोग पुग्ने प्रस्ट पार्नुभयो ।
नेमकिपा भनपा ९ वडा समन्वय समितिका संयोजक कृष्णभक्त लवजूले कम शुल्कमा डाक्टरी पढाउने व्यवस्थासहित भक्तपुर नगरपालिकाले ख्वप विश्ववद्यालय सञ्चालनको माग गरेकोमा सरकारमा गएका पु“जीवादी दलहरूले पक्षपात गरेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया“ सुजखू (प्रजापति) ले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पहु“च पु¥याउन नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य स्वयंसेविका दयालक्ष्मी प्रजापतिले महिलाहरू घरेलु कार्यमा बढी व्यस्त रह“दा आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसकेको बताउ“दै महिलालक्षित स्वास्थ्य शिविर राख्नुको औचित्यताबारे जानकारी दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्स एवं नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा परीक्षण गर्ने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
महिलाहरूको पाठेघर र पुरूषहरूको स्तन परीक्षणबारे अझै पनि जनचेतनाको अभाव भएको चर्चा गर्दै पुरूषहरूले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












