२३औँ भूकम्प सुरक्षा दिवस मध्यपुर ठिमीमा, नारा र राष्ट्रिय कार्यक्रम तय
काठमाडा,ैं पुस २८,२०७७
“बह ुप्रकोपीय विपद् मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा”, भन्ने मूल नाराका साथयसवर्षको राष्ट्रिय भूकम्प सुरक्षादिवसको मूल समारोह विविध कार्यक्रमका साथ भक्तपुरको मध्यपुर ठिम् िनगरपालिकामा आयोजना गरिने भएको २३औँ भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले जनाएको छ ।
आउँदो माघ २ गते आयोजना गरिने भूकम्प सुरक्षा दिवसको राष्ट्रिय कार्यक्रमबारे जानकारी दिन आज शहरी विकास तथा भवन निर्माण विभागमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
माघ २ गतेको मूल समारोह कार्यक्रम गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख आतिथ्यतामा दिउसो २ वजेमध्यपुर ठिमी नगरपालिकाको कुमारी मन्दिर परिसर, बोडेमा हुने भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनु भयो ।
उहाँका अनुसार विद्यमान कोभिड १९ को असहज परिस्थितिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सतर्कता परिपालना गरी वा अनलाइन प्रविधि मार्फत् देशका संघ, प्रदेश तथा स्थानिय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रहरु संचालन हुनेछन् । भुकम्पीय सुरक्षा सम्वन्धि दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धि डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् आयोजना गरिने मैनालीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा वोल्दै निमित्त महानिर्देशक मैनालीले विगत एक बर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा मुलुकले नीति गत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको र विपद् जोखिम न्यूनीकरणमा सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत नीजि क्षेत्र, सार्वजनिक क्षेत्र र गैर सरकारी क्षेत्रबाट भएका प्रयत्नहरुको प्रसंशा गर्नुभयो ।
भूकम्पीय जोखिम न्यूनीकरण गर्न भूकम्प प्रतिरोधी सुरक्षित संरचना निर्माण गर्न आवश्यक हुने भन्दै मैनालीले सरकारी संयन्त्र, नागरिक समाज, निजी क्षेत्र ,समुदाय तथा गैह्र सरकारी संस्थाहरु आदि सबैको सहकार्यले मात्र उक्त लक्ष्य प्राप्तहुन सक्ने हुँदा सबै सरोकारवालाहरुवाट थप योगदान एंव निरन्तर सहभागिताको लागि अपिल गर्नुभयो ।
देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरुको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यन्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक बर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...












