४१ औं तःमुज्याको अन्तिम तयारी
भक्तपुर, असोज २९ गते
“जनता बाचे भाषा बाच्छ” भन्ने उद्घोष गर्दै आएको नेपाल भाषा साहित्य तःमुज्याले आफ्नो ४१ औं सृखला ख्वप कलेजको प्रांगणमा गर्ने अन्तिम तयारी थालेको छ । प्रत्येक वर्ष विजया दशमी, मोहनी नखाःपछिको द्वादर्सी र त्रयोदर्शीका दिन हुँदै आएको तःमुज्याको ४१ औं सृखलालाई कोरोना संक्रमणबाट सुरक्षित हुने गरी स्वास्थ्य मापदण्ड परिपालन गरी मात्रै सञ्चालनको तयारी गरेको ४१ औ नेपाल भाषा साहित्य तःमुज्याका अध्यक्ष गणेशराम थुसाले जनाएको छ । कोरोना जोखिमका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी साहित्यीक र प्रवर्चन कार्यक्रममात्र आयोजना हुने उहाँले बताए । यस वर्ष ४० जना साहित्यकारहरुले प्रतियोगितामा सहभागिता जनाउने भएको उल्लेख गर्दै अन्य अतिथी साहित्यकारहरुको पनि साहित्य बाचन हुने उहाँले बताए । सओज ३१ र कार्तिक १ गते गरी दुई दिन सम्म दिउँसो १ बजे देखि साँझ ६ वजेसम्म तःमुज्या आयोजना हुने अध्यक्ष थुसाले जनाए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितको प्रमुख आतिथ्यमा आयोजना हुने सो कार्यक्रम एमसीसीको विरोधमा केन्द्रीत हुने पनि आयोजक समितिले जनाएको छ । अध्यक्ष विजुक्छे सहित देशका विभिन्न क्षेत्रमा क्रियाशिल रहेका वरिष्ठ पत्रकार, वकिल, साहित्यकार, समाजसेवी, चिकित्सक, शिक्षाविद्हरुको सहभागिता हुने पनि उहाँले जनाए । अहिले मञ्चको काम धमाधम भइरहेको छ । असोज ३१सम्म सम्पूर्ण तयारी पूरा हुने आयोजक समितिका पदाधिकारीहरुले जनाएको छ । मञ्चलाई साँस्कृतिक एवं कलात्मकरुपले सजाएको छ । तःमुज्यास्थल जाने मुलबाटोमा ध्वाका बनाएको छ । तःमुज्या स्थलमा आकर्षक दुईवटा मञ्च बनाउँदै छ । आठ सय देखि हजार जनाले दर्शकलाई प्रत्यक्ष सहभागिता गराई यसपालिको तःमुज्या आयोजना गर्ने आयोजकहरुको तयारी छ । भक्तपुर नगरका विभिन्न टोल टोलहरुमा आयोजना हुँदै आएको तःमुज्या खुल्ला ठाउँको अभावमा भनपा ६ मा अहिलेसम्म आयोजना भएको थिएन । कोरोना जोखिम व्यवस्थापन हुने गरी ख्वप कलेजको प्रांगणमा तःमुज्या आयोजनाको अरिन्तम तयारी गर्न थालेको छ । तःमुज्याको अनलाईन र विभिन्न टेलिभिजनहरुबाट पनि प्रत्यक्ष प्रसारणको व्यवस्था भएको ग्वसाखलले जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














