थपिएका ६८ प्रतिशत संक्रमित काठमाण्डौ उपत्यकाकै !
काठमाण्डौै, कार्तिक १३ गते
पछिल्लो २४ घण्टामा २ हजार ३६४ जना थप कोरोना संक्रमित हुँदा यसै अवधीमा ३ हजार ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढी रहेको प्रसंगमा १० हजार ७६९ जनाको आरटी पीसीआर परीक्षण गर्दा २,३६४ जना संक्रमित थपिएको हो । अहिले कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ संक्रमित निको भएर घर फर्केका छन् । हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
थपिका संक्रमितहरु मध्ये ६८ प्रतिशत काठमाण्डौ उपत्यकाकै रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना उपत्यकाकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकाका ७०४ महिला र ९११ पुरुष गरी १६१५ संक्रमित भएका हुन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा १६ हजार ५२१, ललितपुरका २ हजार ७४० र भक्तपुर जिल्लाका १ हजार ७५ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये काठमाण्डौका २०९, ललितपुरका ५८ र भक्तपुरका ६१ जना गरी ३२८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिंगमा उल्लेख छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












