घिन्ताघिसी र नांचगान नगर्न आग्रह, तर गाइ (सा) घुमाउने समुदायको तयारी
भक्तपुर, श्रावण १९ गते
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको र नेपाल सरकारले काठमाडौं उपत्यकामा संक्रमण रोक्न उच्च सतर्कता अपनाइरहेको अवस्थामा ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा मनाने गुन्हीपुन्ही (सापारू) पर्वलाई यसपालि औपचारिकतामा सीमित गर्न सार्वजनिक आह्वान गरी जनस्तरमा प्रचारप्रसार गरिरहेको छ ।

भक्तपुर नगरमा मनाईने सापारु गाईजात्रा पर्वलाई औपचारिकरुपमा मात्र मनाउन नगरको सापारु (गाइ जात्र) मार्गको सोमबार निरिक्षण भएको हो|

गाईजात्राको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रजिअ हुमकला पाण्डे, प्रहरी उपरीक्षक तारादेवी थापा, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्य, भक्तपुर नपाका वडाध्यक्ष, सशस्त्र प्रहरीहरुलगायतका टोलीले सोमबार गाईजात्रा प्रदशिक्षणा मार्ग निरीक्षण गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले जात्राको समयमा हुनसक्ने रोग संक्रमणलाई रोक्न र आवश्यक सतर्कता अपनाउन र घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरबासीहरूलाई आग्रह गर्नुभयो ।
भक्तपुर नगरमा गाई (साँ ) घुमाइने तर नाँचगान नदेखाइ औपचारिकतता पूरा गर्ने भएको छ । किन कि मृटक परिवारले गाई घुमाउन तयारी गरि रहेका छन् | यस वर्ष कोरना भाइरसको जोखिम रहेकाले भक्तपुरको लोक प्रिय घिन्तांघिसि नांच र साँस्कृतिक झांकी भने प्रस्तुत नगर्न आग्रह गरेको हो । साँस्कृतिक नाँचगान प्रस्तुत गरेपछि हुलमुल र दर्शकको माहोल पनि बढ्ने भएकाले त्यसो नगर्न आग्रह गर्दै समुदायलाई सचेतना दिएको छ । वर्षदिनमा मृत्युबरण गरेका घर घरबाट गाई (ताहा मचा, साः) लाने परम्परालाई सिमिति व्यक्ति मात्रै सहभागि भएर औपचारिता पूरा गर्न आग्रह गरिएको हो । मान्छे मरेका परिवारहरुको सयौंको संख्याका गाई परिक्रममा गराउँदा हजारौं मानिसहरु गाई जात्रा रुपमा घुम्ने हेर्ने हुँदा जोखिम हुने भएकाले औपचारिकता मात्रै पूरा हुने गरी मनाउनुपर्नेमा विज्ञहरुले सुझाएका छन् । संस्कृतिविद एवं साहित्यकार तेजेश्वर बाबु ग्वंगलले वर्षदिनमा मरेका मानिसहरुको गाई बनाएर नगर परिक्रममा गरे स्वर्गमा बास हुने नभए स्वर्ग नपुग्ने तथा विभिन्न दण्ड सजाय हुने जनविश्वास रहे पनि कोरना भाइरसको विश्वव्यापी संक्रमणलाई ख्याल गरेर घर आँगनमै मात्र मनाएर औपचारिकता पूरा गर्नुपर्नेमा जोड दिनु भएको छ । नगर परिक्रममा गरेपछि हुलमुल हुने र यसले कोरोना संक्रमण बढ्ने भएकाले भक्तपुर नगरपालिकाले गरेको निर्णय उपयुक्त रहेकोमा उहाँले जो दिनु भयो । अर्का संस्कृतिविद ओमप्रसाद धोभडेलले जनस्तरमा पुस्तौ देखिको सापारु, गुन्हिपुन्हि पर्वका धार्मिक सांस्कृति र जन सृष्टिहरुको विश्वास र प्रभावका बीच कोरना भाइरसको जोखिमबाट सुरक्षित हुने गरी मनाउन आवश्यक भएको भन्दै कोरना भाइरसले मानव सभ्यता नष्ट हुन सक्ने जोखिम रहेकाले यस वर्ष पाहुना नबोलाई सिमित व्यक्तिहरु बीच सापारु पर्व मनाउनु नै औपचारिकता पूरा गर्नु भएको बताउनु भयो ।

यसै वीच भक्तपुरका युवा विद्यार्थीहरुले माइलिंग र प्लेकार्ड प्रदर्शन गरि जात्रा मनाउदा हुन् सक्ने कोरना भाइरसको जोखिम बारे समुदायमा सचेतना दिएका छन |













