कोभिड–१९को संक्रमण कसरी बढ्यो ?…….नेक्राविसंघ
भक्तपुर, श्रावण १९ गते
सरकारको उचित बन्दोवस्तको अभाव भएकोले कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघले आम समुदाय र सरकारको गम्भिर ध्यानाकर्षण गरेको छ । सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गरेयता सङ्क्रमितको सङ्ख्या वढ्दो छ भन्दै संघका अध्यक्ष सविन ख्याजुले नेपाल–भारत खुल्ला सीमा पनि सङ्क्रमण वढ्नुको कारण हो भनेका छन् । यो स्वास्थ्य सङ्कटको अवस्थामा त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुको भदौदेखि परीक्षा सञ्चालन गर्ने निर्णय प्रति नेपाल क्रान्तिकारी विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको जानेको हो ।
यतिबेला विद्यार्थीहरुलाई आफ्नो क्याम्पस र कोठामा पुग्न सहज छैन । विद्यार्थीहरु सबै सुरक्षित स्थानमा छैनन्, जोखिमपूर्ण क्षेत्रमा पनि धेरै छन् । लामो दुरीको यातायात सञ्चालन प्रत्याभूती हुने स्थिति छैन । यस्तो परिस्थितिमा परीक्षा सञ्चालनकै कारण कोभिड–१९ सङ्क्रमण भयावह हुने सम्भावना छ । विद्यार्थीहरुको कोभिड–१९ को विमा सरकारले गर्नु आवश्यक छ । अध्यक्ष ख्याजुले जोड दिएका छन् |
नेक्राविसंघले सङ्क्रमणको खतरा भएसम्म भारतसँगको सिमा बन्द गर्न आवाज उठाउँदै आएको छ । यतिबेला कोरोना विरामी चेकजाँचमा संलग्न स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको बन्दोबस्त गर्न र सचेतनाका गतिविधिहरुलाई व्यापकता दिन आवश्यक छ ।
त्रिविलगायतले भदौमा परीक्षा लिने निर्णय गरेको पूर्णतः अव्यवहारिक छ । अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयहरुबाट नेपालका विश्वविद्यालयहरुले पाठ लिएर वैकल्पिक माध्यमबाट परीक्षा लिन नेक्राविसंघ जोडदार माग गर्दछ ।
सोमबार जारि प्रेस विज्ञप्तिमार्फत आम समुदाय र सरकारको ध्यानाकर्षण गराएको हो |













