कोरना पोजेटिभ विरामी आएपछि १८ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा
भक्तपुर, असार १४ गते
कोरना पोजेटिभ विरामी आएपछि भक्तपुर क्यान्सर अस्पतालका १८ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा राखिएको छ । उपचारका लागि आएका विरामीको स्वाब परीक्षण पोजेटिभ देखिएपछि भक्तपुर क्यान्सर अस्पतालका ५ डाक्टर सहित १३ जना नर्स गरी १८ जनालाई क्वारेन्टिनमा राखिएको हो । बीर अस्पतालबाट रिफर भइर आएका १२ वर्षिय बालिकाको टाउकोको अपरेशनका लागि कोरना परीक्षण गराउनेक्रममा शनिवार उनमा पोजेटिभ देखिएको थियो । काभ्रे घर भइ हाल उपचारकालागि भक्तपुर क्यान्सर अस्पताल पुगेका विरामीको हाल त्रिवि अस्पतालमा पठाएको उल्लेख गर्दै अस्पतालका व्यवस्थापक राजाराम तजलेले विरामीमा कोरना पोजेटिभ देखिएपछि सबै सुरक्षा व्यवस्था मिलाएर नियमित स्वास्थ्य सेवा भने सुचारु गरिएको बताएको छ ।
पछिल्लो चरणमा मध्यपुर थिमीकी एक ४ वर्षिय बालिकामा पनि पोजेटिभ देखिएको थियो भने अहिलेसम्म भक्तपुरमा रहेका २४ जनामा कोरना संक्रमण भएको पाइएको उल्लेख गदैै संक्रमित व्यक्रिहरुको यात्रा विवरण र सम्पर्कमा रहेकाहरुको स्वाब संकलन तथा परीक्षण कार्यलाई निरन्तराता दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले बताउनु भएको छ ।












