पाँच तल्ले मन्दिर जीर्णोद्धारमा आज उल्लेख्य श्रमद्धान

भक्तपुर, असार १४ गते

विश्व सम्पदाको रुपमा रहेको प्रसिद्ध पाँच तल्ले मन्दिरको जीर्णोद्धारमा आज उल्लेख्य जनश्रमदान भएको छ । २०७२ सालको भूकम्पले गजुर देखि जमिनसम्म चर्केको मन्दिरको जीर्णोद्धारका लागि भक्तपुर नगरका विभिन्न ठाउँका नगरवासीहरुले श्रमद्धान गरेका हुन । श्रमद्धान गर्नेहरुमा बढी महिलाहरु रहेका छन् । भक्तपुर नगरका वडा वडाबाट आज श्रमदानकालागि टौमढीमा नगरवासीहरुको ओइरो लागेको छ । नगर प्रमुख सुनिल प्रजापतिले आज जीर्णोद्धार कार्यको स्थलगत निरीक्षण गर्नु भयो । नगरपालिकाको ६५ लाख लागत इष्टिमेटमा पाँच तल्ले मन्दिर जीर्णोद्धार भइरहेको छ । गजुर देखि जीर्णोद्धार गर्दै हाल पहिलो तल्लाको छाना छाउने कार्य भइरहेको छ । सहभागि समुदायले झिंगती छाना छाउन माटो, इटा ओसार्ने लगायतमा सामुहिक श्रमदान गरिरहेका छन् ।