फैसला कार्यान्वयनका क्रममा भक्तपुरबाट दुई फरार प्रतिवादी पक्राउ
भक्तपुर, अदालतको फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले भक्तपुरबाट विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको प्रहरी टोलीले मंसिर ९ गते मङ्गलबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सरकारी छाप लिखत किर्ते मुद्दामा ११ महिना ३ दिन कैद सजाय सुनाइएका एक जना र चेक अनादर मुद्दामा रु. १ हजार जरिवाना तोकिएका एक जना रहेका छन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा सजाय भुक्तानका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।













