भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै

भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै

भक्तपुर।

“कला, खेलकूद र मित्रता – युवा जगतको आवश्यकता” भन्ने मूल नाराका साथ भक्तपुर योङ्ग सर्कलको आयोजनामा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुने भएको छ।

युवाहरूबीच खेलकुदका माध्यमबाट भ्रातृत्व, अनुशासन र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिता २०८३ कात्तिक ७ गते शनिबारका दिन बिहान ७:०० बजेदेखि सहिद स्मृति खेल मैदान, भक्तपुरमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी तथा सदस्यहरूका लागि दर्ता शुल्क रु. १००/- मात्र तोकिएको छ। आयोजक भक्तपुर योङ्ग सर्कलले आफ्ना सम्पूर्ण सदस्यहरूलाई प्रतियोगितामा उत्साहजनक सहभागिता जनाउन आह्वान गरेको छ।