भक्तपुर, माघ १८ गते । भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले शनिवार भक्तपुर जिल्ला व्यापी अन्तर सहकारी बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । चेसको गोटि चलाई उपमेयर जोशीले सो प्रतियोगिताको आज उद्घाटन गर्नु भएको हो । जेला पाटी परिसरमा आयोजित सो प्रतियोगितामा ३१ जना प्रतिस्पर्धि रहेको आयोजक श्वेतभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ । फिडे रेपिड रेटिगबाट खेलाईएको सो प्रतियोगिताको आईतवार फाइनल प्रतियोगिता हुने अयोजक समितिका रत्न खायमलीले जनसञ्चार खवरलाई बताउनु बताउनु भयो ।विजेयी खेलाडीहरुलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पुरस्कार वितरण गर्ने छन् |















