आज २९ औं विश्व आदिवासी दिवस

आज विश्व आदिवासी दिवस,
काठमाण्डौ, श्रावण २४ गते
“आत्मनिर्णयको अधिकारकालागि परिवर्तनका संवाहक युवा” नाराका साथ विश्वभर आज २९ औं विश्व आदिवासी दिवस मनाइ रहेको छ । संयुक्त राष्ट्र संघले २३ डिसेम्बर १९९४ को साधारण सभाबाट ९ अगष्टको दिनलाई विश्व आदिवासि दिवस मनाउने घोषणा गरेको थियो । सोही घोषणालाई आत्मसाथ गर्दै विश्वभरका ३७ करोड आदिवासी जनजातिहरुले आज विश्व आदिवासि दिवस मनाइरहेका हुन ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले “पहिचान र अधिकार सुनिश्चितताकालागि आदिवासी आन्दोलनमा सहभागि होऔ, परम्परागत ज्ञानसिपि पर्वद्धन गर्दै पुर्खौली भूमी, भाषा र संस्कृति संरक्षण गरौं ।” नाराका साथ काठमाण्डौं र्याली तथा सभा आयोजना गरि मूल समारोह मनाएको छ । नेपालमा १२५ जातजाति र १२३ भाषाभाषीहरुमा ५९ जातजातिहरु आदिवासी जनजातीको सूचीमा सूचिकृत छन् । विश्वभर ३७ करोड आदिवासी जनजाति छन् । विश्वभर बोलिने ७ हजार भाषाहरु मध्ये ५ हजार आदिवासी जनजातिले बोल्ने गर्दछन् । संसारभर ९० वटा देशहरुमा आदिवासी जनजाति रहेको मानिन्छन् ।
प्रकृतिका पूजारी, आफ्नै भूमि, ज्ञानसिप, प्रथाजनित संस्थाले सुसचित आफ्नै जात, भाषा र संस्कृतिका धनि समुदायका रुपमा आदिवासी जनजातिलाई लिने गरिन्छ । विकासका नाममा फैलिएको विकृति विरुद्ध, जलवायु परिवर्तन तथा प्रकृति संरक्षणका लागि आदिवासी जनजातीहरुको पहिचान र मुद्दालाई संसारभरका आदिवासी जनजातिहरुले उठाइरहेको आदिवासी जनजाति क्षेत्रमा क्रियाशिल पत्रकार श्रीकृष्ण महर्जन बताउँछन् ।