चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने

चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
भक्तपुर, असोज ९ गते।
चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां बैलस् प्याखँु पिदानेगु ज्याझ्व ९दीक्षान्त कार्यक्रम० आयोजना हुने भएको छ। खगां बैलस् प्याखँ व्यवस्थापन समितिको आयोजनामा यही असोज ८ गते बिहीबार खगां सामुदायिक भवन परिसरमा उक्त कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार कार्यक्रमको दिन बिहान १०स्०० बजे पूजापाठ सम्पन्न गरी दिउँसो १स्०० बजेबाट मुख्य दीक्षान्त तथा सांस्कृतिक प्रदर्शन कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा परम्परागत सांस्कृतिक नाच प्रदर्शनका साथै विशेष आकर्षणका रूपमा समय्बजी वितरण तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने जनाइएको छ। नेवारी मौलिक कला, संस्कृति तथा परम्परागत नाचको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस ऐतिहासिक कार्यक्रममा सर्वसाधारण, संस्कृतिप्रेमी तथा स्थानीय बासिन्दाहरूलाई उपस्थितिका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।