बिश्व रक्तदाता दिवसकाे अवसरमा रक्त उत्प्रेरकहरूलाई सम्मान

भक्तपुर, -राजुराम मुनंकर्मी हरेक वर्ष मनाउँदै अाइरहेकाे विश्व रक्तदाता दिवस याे वर्ष पनि जनचेतनामूलक साइकल र्याली, रक्तदाता जनचेतना र्याली, महिला स्वास्थ्य स्वयंसेविका अन्तरक्रिया कार्यक्रम, विद्यालय स्तरीय उपत्यकाव्यापी चित्रकला प्रतियाेगिता, रक्तदान कार्यक्रम, विद्यालय स्तरीय उपत्यकाव्यापी वक्तृत्वकला प्रतियाेगिता तथा अन्तरक्रिया कार्यक्रम जस्ता सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा छैठाैं दिनमा ब्लड डाेनर्स एशाेसियशन नेपाल केन्द्रकाे अायाेजना र ब्लाेदान भक्तपुर शाखाकाे सहअायाेजनामा सम्पन्न ” रगत, रक्तदाता संस्था र प्रयाेगकर्ताकाे अन्तरसमबन्ध ” अन्तरक्रिया कार्यक्रम” मा ७ जना रक्त उत्प्रेरकहरूलाई सम्मान गरिएकाे छ ।

सम्मानित हुनेहरूमा क्रमश: राजुराम मुनंकर्मी, उत्तम कुस्मा, दामाेदर मुनंकर्मी, पहलमान श्रेष्ठ, नारायण बहादुर बासुकला र कृष्ण प्रसाद अवाल रहनुभएकाे छ । ब्लाेदान भक्तपुर शाखाका अध्यक्ष निर्मला सुवालकाे सभाध्यक्षता एवम् भक्तपुर उद्याेग बाणिज्य सङ्घका अध्यक्ष राेशनी धा‌ैबन्जारकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रका जनसम्पर्क अधिकृत सन्देश थापाले ” नेपाल रेडक्रस साेसाईटीकाे स्थापनाकालदेखि हालसम्म रक्तदान कार्य, रक्त सङ्कलन र बिरामीकाेलागि चाहिने रगतकाे व्यवस्थापन र देशव्यापी रूपमा २,८५,००० भन्दा बढी पिन्ट रगत सङ्कलन गरेकाे चर्चा गर्नुहुँदै रगत तत्वबारे जानकारीमूलक प्रस्तुतिकरण गर्नुभयाे । त्यसैगरी डा. इवामुरा अस्पतालका मेडिकल डाइरेक्टर डा. जितेन्द्र सिंहले मानव सेवाकाे भावनाले रक्तदान गर्नुहुने रक्तदाताहरू सबैभन्दा महान हुने चर्चा गर्नुहुँदै रक्तदान कार्यक्रमकाे महत्वबारे जानकारीमूलक प्रस्तुतिकरण गर्नुभयाे । मन्तव्यकाे क्रममा ब्लाेदानका केन्द्रीय उपाध्यक्ष उज्वल के.सी., नेपाल रेडक्रस साेसाईटी,भक्तपुर शाखाका सभापति परशुराम पाण्डे, सम्मानित व्यक्तित्वकाे तर्फबाट नेपाल रेडक्रस साेसाइटी भक्तपुर शाखाका पूर्व सभापति कृष्ण प्रसाद अवाल र ब्लाेदान सचिव साेहन रन्जितलगायतले नेपालमा रक्तदान कार्यकाे उपादेयता, ऐतिहासिक घटनाक्रम, विकास र परिवर्तित अवस्थाबारे र ब्लाेदानकाे स्थापना र याेगदानबारे सविस्तार चर्चा गर्नुभयाे ।