भक्तपुरमा ऐतिहासिक लाखे नाच सुरु
भक्तपुर। भक्तपुरको ऐतिहासिक लाखे नाच आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित लाखे डोलमा आज विधिपूर्वक पूजा-आजा सम्पन्न गरी यस वर्षको लाखे नाच सुरु गरिएको हो।
पूजा सम्पन्न भएपश्चात् लाखे डोलबाट सुरु भएको लाखे नाच आज भक्तपुर नगरपालिकाको गोल्मढीसम्म प्रदर्शन गर्दै सम्पन्न गरिएको छ।
रञ्जितकार समाजले विगत केही वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यो नाच आगामी दिनमा विभिन्न मितिमा भक्तपुर नगरका विभिन्न स्थानहरूका साथै ऐतिहासिक सिद्धपोखरीसम्म लगेर प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।














