नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा

नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा
ललितपुर,
नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट, धादिङ र चितवनलगायतका विभिन्न ठाउँमा आएकाे विध्वंशात्मक बाढी पहिराेमा परी ठूलाे धनजनकाे क्षति भई पीडित व्यक्तिहरूकाे राहतकाे लागि प्रतिष्ठानकाे केन्द्र तथा मातहतका शाखाहरू काठमाण्डाै, ललितपुर, भक्तपुर, काभ्रे, चितवन शाखाहरूका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरूबाट सङ्कलित कूल नगद रकम रू ६,२६,१२७/- (छ लाख छव्विस हजार एकसय सताइस रूपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा जम्मा गरेकाे प्रतिष्ठानका महासचिव काेमल प्रकाश घिमिरेले जानकारी दिनुभएकाे छ । याे विपत्तिकाे घडीमा देश विदेशबाट राहत सङ्कलन र प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा रकम जम्मा भईरहेकाे सिलसिलामा प्रतिष्ठानले पनि उदार मनले उक्त रकम जम्मा गरेकाे हाे । साथै उक्त प्रतिष्ठानले बाढी पहिराेबाट ज्यान गुमाउन पुगेका नेपाली तथा विदेशीहरूकाे आत्माकाे चीर शान्तिकाे कामना, घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना, दीवंगत परिवारजनहरू प्रति धैर्य धारणाकाे कामना गर्दै समवेदना प्रकट गरेकाे छ भने बेपत्ता परिवारकाे खाेजि कार्यमा सफलता मिलाेस् भनी कामना समेत गरेकाे छ ।

  • राजुराम मुनंकर्मी