आज थप ३ हजार ६ सय ३७ संक्रमित, भक्तपुरका ११२ थपिए
काठमाण्डौ, कार्तिक ६ गते
आज थप ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित पहिचान गरेसँगै मुलुकभर १ लाख ४८ हजार ५०९ जना संक्रमित भएका छन् । पछिल्लो १५ हजार २५५ जना आरटी पीसिआर परीक्षण गर्दा ३६३७ जना कोरोना पोजेटिभ देखिएको हो ।संक्रमित मध्ये १ हजार ५५२ जना काठमाण्डौ उपत्यकाकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौ जिल्लाका १ हजार २८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका ११२ जना संक्रमित थपिएका हुन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २१५ संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै कुल १ लाख २ हजार ८२० डिस्चार्ज भइ सकेका छन् । अहिले सक्रिय संक्रमित ४४ हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी संक्रमितहरु मध्ये २९० जना आइसीयू र ७७ जना भेन्टिलेटरमा उपचारमा रहेको बताएको छ भने थप २१ जनाको मृत्यु भएसँथै कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ८१२ पुगेको छ । यसै गरी क्वारेन्टिनमा रहेको संख्या ३ हजार ७ सय ५१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













