विद्यालय गएका दुई बालक हराएको १० दिन भयो, खोजी दिने कस्ले ?
भक्तपुर, श्रावण ६ गते
विद्यालय गएका विद्यार्थी विगत १० दिन देखि घर नफर्केपछि अभिभावकहरु चिन्तित भएका छन् । कलमविनायकस्थित सरस्वती विद्यालय गृहको कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई एक्कै दिन हराएपछि अभिभावक र आफन्तहरु चिन्तामा परेका हुन । ओखलढुँगा घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ९स्थित इथाचा बस्दै आएका ति विद्यार्थीहरु गत असार २७ गते विद्यालय हिडेपछि घर फर्केर नआएको मात्र होइन कोही कसैसँग सम्पर्कमा समते नआईदिएको १० दिन पछि ति विद्यार्थीका आफन्तहरुले खोजी दिन सञ्चार माध्यम गुहारेका छन् । सागर कार्कीका दाई नातापर्ने सुभराज कटुवालका अनुसार विद्यालय खोलेको असार १७ गतेबाट भएपनि ति विद्यार्थीहरु असार १९ गतेबाट विद्यालय हिडेका थिए । गत असार २७ गते घरबाट विद्यालय पोशाकमा घरबाट विद्यालय हिडेका ति विद्यार्थीहरु श्रावण ६ गतेसम्म पनि घर नफर्केको बताए । खोजीकालागि प्रहरीसम्म पुगि सकेका ति अभिभावकहरुले आफ्नो विद्यार्थी विद्यालय आए नआएको र हराएपछि पनि खोजविनकालागि पहल नगरेकोमा विद्यालय प्रशासनप्रति असन्तुती जनाएका छन् ।

विद्यालय हिडेका विद्यार्थी घर नफर्केको गुनासो गर्दा पनि विद्यालय प्रशासनले चासो नदिएको अभिभावकको गुनासो छ भने विद्यालयका शिक्षक राजन छुस्याबागका अनुसार ति विद्यार्थीहरु नियमित विद्यालय आउने नगरेको र हराएको दिनमा पनि विद्यालय नआएको दाबी गर्दै विद्यालय परिसरबाट नहराएको भएपनि प्रधानाध्यापकले आफ्नो विद्यार्थी भएको नाताले हराएको दिन देखि खोजविनमा प्रहरीसँग समन्वय गर्दै आएको बताउँछन् ।
पढ्नकालागि भक्तपुर आएका आफ्नो छोरा सागर कार्की हराएपछि उता ओखलढुगाबाट उनका आमा नसली कार्की भावुक हुँदै जसरी भएपनि आफ्नो छोरोलाई खोजी दिन विलाप गर्न थालेकी छिन् । जहाँ भेटिएपनि नजिकैको प्रहरीमा बुझाई दिन आग्रह गर्दै कार्कीले आफ्नो छोरो सागरसाथीहरुसँगै असार २७ गते विद्यालय हिडेको तर विद्यालय पनि नपुगेको र घर पनि नफर्केपछि स्तब्ध भएकी छिन् ।
कटुवालका अनुसार भने सागर र सिसम दुबैले विद्यालय पोशाकमै असार २७ गते अन्य पोशाक समेत लिएर घरबाट विद्यालय हिडेको पाइएकाले कतै काम गर्न हिडेको त होइन भन्ने अनुमान लगाएका छन् । ओखलढुङ्गा जिल्ला चिसंखुगढी नपा ३ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित इथाचा बस्दै आएका सागरसँगै सिसम दुबै मिलेर सो दिन देखि कुनै घरायसी वा होटलमा काम गर्न गएको हुन सक्ने अनुमान गर्दै उहाँले जहा रहे पनि खोजि दिन जनसञ्चार खवरलाई पनि आग्रह गरेका छन् । हराएका राई चानपा ९स्थित इथाचार्मै अभिभावकसँगै बस्दै आएका भएपनि कार्की भने पढ्नकै लागि अभिभावकहरुले ओखलढुंगाबाट भक्तपुर पठाएपछि आफूसँगै बस्दै आएको कटुवालले बताएका छन् । ति बालकहरु हराएको भोलिपल्ट नै प्रहरी रिपोर्ट गरेको १० दिन बितिसक्दा पनि नभेटिएपछि दाजु नाता पर्ने कटुवाल पनि चिन्तित हुँदै सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट भए पनि प्रचार गरी खोजबिन गरी दिन आग्रह गरेका छन् ।
ति हराएका बालकहरुसँग कुनै मोवाईल सहित सम्पर्क गर्ने माध्यम नभएकाले जो जसले जहा जे जस्तो अवस्थाम भेतिए पनि नजिकैको प्रहरी चौकीमा सम्पर्क गरी दिन दाजु नाता पर्ने शुभराज कटुवालले आग्रह गरेका छन् र ९८६१५३९४०२,९८०३४९९६५९ मा सम्पर्क गरि दिन हुन सम्पुर्ण मा विनम्र अनुरोध गर्द्छ!!














