भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भक्तपुर, भाद्र १० गते
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ । गोसाईकुण्ड दर्शणकालागि जाने धेरै जना भए पनि रसुवामा कामका सिलसिलामा रहेका ४ जना सम्र्पक बिहिन रहेको खुलेको हो । यसरी सम्पर्क बिहिन हुनेमा काक्राबारीका राजकुमार सुवाल रहेका छन् । उनी रसुवा यातायातका चालक हुन भने अपर त्रिशुली जलविद्युत आयोजनामा कार्यरत स्वीटी फाजु र सत्य सुन्दर प्रजापति पनि बाढी पछि सम्र्पक बिहिन अवस्थामा छन् । भने अर्का सम्र्पक बिहिन अवस्थामा रहेका रविना तुल्सिबाख्यो रहेकी छिन् । उनी रसुवा(त्रिशूली(३ बी हब सबस्टेसनमा कार्यरत रहेकी थिइन । सम्र्पक बिहिन भक्तपुरेहरुको केही खवर भएमा राजकुमार सुवालकालागि ९८४३२५११९९, स्वीटी फपाजुकालागि ९८४३२३७९११, रविना तुल्सिबाख्योकालागि ९८४३०२५७९५ वा ९८४५५१००७७मा सम्र्पक राखिदिन आफन्तजनले आग्रह गरेको छ।


















