भक्तपुर बचत संघको पल्र्स तालिम शुरु

भक्तपुर बचत संघको पल्र्स तालिम शुरु

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम मिति २०७७ माघ २८ गते भक्तपुर बैंक्वेट, हाकुफोहिटी भक्तपुमा शुरु भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तालिमको उद्घाट्न गर्दै बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरुले संस्थाको वित्तीय अवस्थाको जानकारी लिई संस्थाको स्वस्थता जाँच गर्नुपर्ने कुरा औंल्याउनुभयो । वहाँले संस्था सक्षम भए नभएको विषयमा नियमित परीक्षण गरी सो को परिणामको आधारमा संस्थाको काम कारवाहीमा अपनाउनुपर्ने सावधानी तथा योजना तर्जुमा गर्न पल्र्स अनुगमन प्रणाली अवलम्बन गर्नुपर्ने विचार राख्नुभयो ।

संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवद्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले सदस्य संस्थाहरुलाई पल्र्स अनुगमन प्रणालीको जानकारी गराई संस्थाको वित्तीय स्वस्थता संस्था स्वयम्ले मापन गर्न सकोस् भन्ने हेतुले तालिमको आयोजना गरेको कुरा बताउनुभयो । संघका वित्तीय सेवा प्रवर्दन उपसमितिका सदस्य राजकुमार लघुले संघले सदस्यको माग अनुसार तालिमहरु प्रदान गर्दै आएको कुरा बताउर्दै संघले अन्तरलगानी कार्यक्रम अन्र्तगत ८ प्रतिशत व्याजदरमा विशेष ऋण संचालन ल्याएको कुरा बताउनुभयो । संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल लगानीको वातावरण नभएकोले बढी लागतको बचत स्विकार नगर्न सुझाव दिर्दै तरलता एंवम ऋण लगानी योग्य रकमको अभाव भएमा संघको सस्तो व्याजदरका ऋण परिचालन गर्न अनुरोध गर्नुभयो ।

मिति २०७७ माघ २८ र २९ गते गरी दुई दिन सम्म संचालन हुने सो तालिमको सहजिकरण श्ुाभकामना बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले गर्नुभयो । तालिममा संघका सदस्य संस्थाहरुबाट ३८ जनाको सहभागी रहेको रह्यो ।

\