भोटेकोशीमा हिमताल फुटेर बाढी आएको अनुमान

भोटेकोशीमा हिमताल फुटेर बाढी आएको अनुमान
रसुवा, भाद्र १०गते
भोटेकोशीमा आज विहान हिमताल फुटेर बाढी आएको अनुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण भोटेकोशीमा बाढी नआएको प्रष्ट पार्दै सो क्षेत्रमा आएको बाढी हिमताल फुटेर आएको अनुमान गरेका छन् । पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा मात्र भएको तथा सात मिलिमिटर भन्दा बढी वर्षा समेत नभएकाले त्यस्तो विनासकारी बाढी आउन नसकिने उहाँको भनाई हो । आज आएको बाढी के कस्तो कारणले आएको भन्ने सवालमा अनुसन्धान भइरहेको उहाँले जनाएको छ । भोटेकोशीमा आज विहान आएको बाढीले त्रिसुलीका ततिय् क्षेत्रहरु समेत डुवानमा पार्नुका साथै घर सम्रचनाहरु समेत बगाएको थियो ।