आर्थिक सशक्तिकरणले लैगिंक समानता आउने !
भक्तपुर, पुस ९ गते
महिला जागरण तथा विकास केन्द्रले आर्थिक सबलिकरण विना लैगिंक समानता र हिंसा अन्त्य नहुने भन्दै भक्तपुरमा आज एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सिमान्तक्रृत महिला तथा बालिकाहरुको न्यायमा पहुँच सुनिश्चित गर्नकालागि सञ्चार माध्यम, सिओएस र निजि क्षेत्रका प्रतिनिधी बीच भएको प्रस्तुतीकरणका साथै अन्तरक्रिया कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष डा. शशि अधिकारीले सिमान्तक्रृत महिला तथा बालिकाहरुको न्यायमा पहुँच सुनिश्चित गर्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कैलालीको गोडावरी नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६का लक्षित वर्गलाई मानव अधिकार र हिंसामा परेको महिलाहरुलाई कानुनी उपचारको पहुँच सुनिश्चित गरी आय आर्जनका सिपहरु प्रर्वधन गरी महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउने विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको जनाएको छ ।


३ वर्षको परियोजना अन्तर्गत विगत एक वर्षमा भएको विभिन्न गतिविधिहरुको प्रस्तुती गर्दै केन्द्रका पूर्व अध्यक्ष अनिता श्रेष्ठले सन् १९९७मा महिला जागरण तथा विकास केन्द्र स्थापना गरी नेपालमा महिला तथा बालबालिकाहरुको अधिकारको संरक्षण एवं प्रवर्धनमा केन्द्रीत गरी समुदायमा क्रियाशिल रहेको जनाएका थिए । कार्यक्रममा अभियान्ता रमेश त्वायनाले आर्थिक सशक्तिकरण विना लैगिक समानता हुन नसक्ने उल्लेख गर्दै महिलाहरुलाई पनि आर्थिक विकासकालागि विभिन्न एनजिओहरु मार्फत महिला सवलिकरण कार्यक्रमहरुमा सहयोग गर्दै आएको बताउनु भयो । समुदायलाई आवश्यक ठाउँहरुमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत पाठ्य सामग्री वितरण गर्दै तथा लक्षित वर्गलाई सिट मनि उपलब्ध गराएर भएपनि मानव अधिकारको सचेतनासँगै आर्थिक उन्नयनकालागि गतविधिमा केन्द्रीत भइ कार्य भइरहेको सो अवसरमा अवगत गराउनु भयो । कार्यक्रममा सहभागि समुदायले केन्द्रको परामर्श र तालिमले आफ्नो जीवन स्तर उकास्न तथा समाजमा देखिएका विभिन्न बिभेड विरुद्ध कानुनी उपचार पाउन सहज भएको अनुभवहरु सुनाएका थिए।














