नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै
भक्तपुर,
भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । गत माघ महिना देखि नगरको फोहरलाई सो स्थानमा लगि कुहिने र नकुहिने छुट्याएर फोहर व्यवस्थापन थालिको विषयमा पछिल्लो समयमा दुर्गन्ध बढेको गुनासो गर्दै नियमानुसार प्रदुर्षण नहुने गरी मात्रै फोहर व्यवस्थापन गर्न सुझाएका हुन् । फोहर व्यवस्थापनको सुरु सुरुमा व्यवस्थित भएपनि गर्मीयाम र खुल्ला रुपमा फोहर भण्डारण गर्दा दुर्घन्द बढेको भन्दै बटुवा, स्थानियवासी एवं चानपा ५का समुदायले फोहर व्यवस्थापन सम्बन्धि नीतिगत व्यवस्थालाई परिपालन गरेर मात्रै फोहर व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
भक्तपुर नगरपालिकाले घर घरबाट आएको फोहरलाई कुहिने र नकुहिने गरी सो केन्द्रबाट छुट्टाएर कम्पोस्ट मल बनाउने, पुनः प्रयोग गर्न मिल्ने सामग्रीको फोहरलाई मोहर बनाउने र काम नै नलागेका फोहरलाई सिसडोलसम्म पुर्याउने योजनासहित भक्तपुर नगरपालिका वडा नं. १०स्थित चिलखामा फोहर प्रशोधन केन्द्र बनाएका हुन ।
सो समस्याबारे भक्तपुर नगरपालिका र स्थानीय समुदाय बीच प्रदुर्षण न्यूनिकरणका सवालमा छलफल र सहमति हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् भने भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका प्रमुख हरि सुवालले नगरको फोहरलाई सो स्थानमा लगेर कुहिने र नकुहिने छुटाएर फोहर व्यवस्थापन गर्दै आएको बताउनु भयो । बढ्दो शहरीकरण र साघुँरो नगरको फोहर व्यवस्थापन प्रदुर्षणका कारण थप चुनौती बनेको छ । फोहर ल्याउँदा छोपेर, र फोहर नखस्ने तथा नचुहिने गरी लाउन सक्नुपर्ने, अवरपर फोहरको दुर्गन्ध नफैलिने गरी सरकारके नीतिगत मान्यता अनुसार मात्रै फोहर व्यवस्थापन गर्न आवश्यक भएकोमा स्थानीयको जोड छ । सो अवसरमा फोहर व्यवस्थापनमा साम्प्रदायिक विभेद गर्न नहुनेमा जोड दिइयो ।
Featured Posts – Style 1
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...














