वित्तीय अराजकताको सन्देश प्रवाह भएको प्रति टिआई नेपालको ध्यानाकर्षण
काठमाण्डौ, असार ११ गते
प्रतिनिधि सभाको सार्वजनकि लेखा समितिले २०८१ जेठ १७ गतेको नीर्णयमा बेरुजुको अंश बढ्दै गएको अवस्थाले वित्तीय अराजकताको सन्देश प्रवाह भएकोले बेरुजुको न्यूनीकरण र शीघ्र फछर्योट गरी आर्थिक अनुशासन र वत्तिय उत्तरदायीत्व सुनश्चित गर्ने रणनीतीक कार्ययोजना बनाउने लगायतका निर्देशनहरु महालेखा परीक्षक समेतलाई दिने उल्लेख भएको प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल)को ध्यानाकर्षण भएको टिआई नेपालका अध्यक्ष पद्मीनी प्रधानांगले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रधानांगले संविधान र प्रचलति कानून बमोजिम अन्तरिम लेखापरीक्षण गर्ने जिम्मेवारी महालेखा परीक्षकमा र बेरुजु फछर्योट गर्ने जिम्मेवारी सम्बन्धीत सरकारी निकायमा रहेको छ । यसबाट बेरुजु फछर्योटको कार्ययोजना बनाउने, कार्यान्वयन गर्ने लगायतको जिम्मेवारी सम्बन्धीत निकायमा रहने स्वतः स्पष्ट छ । यसैगरी महालेखा परीक्षक संवैधानकि निकाय भएकोले यसको काम कर्तब्य र अधिकार नेपालको संविधान तथा प्रचलित कानूनले तोके बमोजिम हुने स्पष्ट छ । यस परिप्रेक्षमा उक्त निर्देशनले एकातर्फ राज्यका निकायहरुबीच कार्यात्मक अव्यवस्थाको सृजना गर्ने र अर्कातर्फ महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता तथा स्वतन्त्रता माथी हस्तक्षेप हुन जाने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अनुभूती गरेको छ ।
महालेखा परीक्षक लगायतका संवैधानीक निकायहरुको स्वतन्त्र एवं प्रभावकारी कार्यसम्पादनबाट सरकारको काम कारबाहीको रेखदेख र मूल्यांकन गर्न संसद एवं यसका समतिहरुलाई प्रत्यक्ष सहयोग पुग्ने हुनाले तदनुकूल वातावरणको संरक्षण र प्रवर्धन हुनु पर्दछ । साथै सार्वजनकि लेखा समतिको चिन्ता बेरुजु फछर्योट गर्ने गराउने कार्यमा मात्र सीमित नभई मुलुकमा भ्रष्टाचार गरी बेरुजु सृजना गर्ने निकायहरुको काम कारवाहीमा नै परीणाम देखिने गरी आर्थिक अनुशासन कायम गर्ने गराउने तर्फ बढी केन्द्रीत हुनु पर्दछ भन्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको धारणा रहेको छ । विज्ञप्तिमा भनिएको छ।













