ख्वपकी पत्रकारिताकी छात्रालाई छात्रबृति अर्पण
काभ्रे, जेठ ९
ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताकी छात्रा योगिना श्रेष्ठलाई शव्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रबृति २०८३ समर्पण गरिएको छ । कलेजमा पत्रकारिता मुख्य विषय लिई स्नातक तह चौथौ वर्षमा अध्ययनरत छात्रा श्रेष्ठलाई पूर्वप्रशाशक द्रोणपुष्प श्रेष्ठले आफनी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापन गरेको शव्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रबृति २०८३ समर्पण गरिएको हो ।
शव्दयात्रा प्रकाशन काभ्रे धुलिखेलमा शनिबार आयोजित कार्यक्रममा उनलाई उक्त छात्रबृति समर्पण गरिएको हो । शव्दयात्रा प्रकाशनका संस्थापक हरि मञ्जुश्री, शव्दयात्रा प्रकाशनका कार्यबाहक अध्क्ष कृष्णमणि कुइकेललगायतले उनलाई उक्त छात्रबृद्धि समर्पण गरिएको हो । छात्रबृतिमा नगदका साथै प्रमाणपत्र रहेको थियो ।
कार्यक्रममा अन्य विभिन्न स्कुलका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्रबृति समर्पण गरिएको थियो । साथै ढुण्डीराज पोखरेलद्धारा लिखित मञ्जुश्रीयात्रा नामक पुस्तकको पनि विमोचन गरिएको थियो । साथसाथै महिलाद्धारा गाइएको शव्दयात्रा नामक गीतको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा शव्दयात्रा भूपू मुक्ति विकलांग छात्रबृतिका आर्थिक व्यवस्थापक डा रुपनारायण श्रेष्ठ, शव्दयात्रा दिव्यवती कान्तुप्रसाद ढुंगाना छात्रबृतिका आर्थिक व्यवस्थापक शेखरप्रसाद ढुंगाना, कृतिकार ढुण्डीराज पोखरेल, डा इन्दुल केसीलगायतले आआफनो विचार पोखेका थिए ।
Featured Posts – Style 1
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...













