भक्तपुर नपा वडा नं. १ मा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर
२०७७ माघ २८ गते, बुधबार
नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ को आयोजनामा बुधबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सबै वडाहरुमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताउनुहुँदै स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताउनुभयो । रोगदेखि डराउने र लजाउने गर्न नहुने भन्दै उहाँले समयमै रोगको पहिचान गरी आवश्यक उपचार सके सम्भावित जोखिमबाट बच्न सकिने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी स्थापना दिवसको असरमा जिल्ला जिल्लामा पुस्तक प्रदर्शनी, अन्तरक्रिया, तालिम, प्रवचन तथा स्वास्थ्य शिविरहरु सञ्चालन भइरहेको अवगत गराउनुहुँदै उहाँले समाजमा बढेको चेतनाका कारण उच्च शिक्षातर्फ छात्राहरुको आकर्षण बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ भन्नुहुँदै भक्तपुर क्यान्सर अस्पतालमा सस्तोमा गुणस्तरीय क्यान्सर सेवालगायतका स्वास्थ्य सेवा सुविधा उपलब्ध भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण खत्रीले स्वास्थ्य संवेदनशील विषय भएको बताउनुहुँदै स्वास्थ्यसँग खेलाँची गर्न नहुने र समयमै रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले पाठेघर तथा स्तन क्यान्सर शिविरको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सचेतना अभिवृद्धिमा निरन्तर लागिरहेको बताउनुभयो ।कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














