काठमाडौँ ।

नेपाल सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम अन्तर्गत नेपाली सेनाद्वारा उत्पादित नेपाली सेना रेडियो कार्यक्रम नियमित प्रशारण गरेका रेडियोहरु मध्ये ५ वटा रेडियोलाई नगद सहित सम्मानित गरेका छ । नेपाली सेनाको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित ४ दिने रक्षा संवाददाता अभिमुखीकरणको बिहिबार समापन कार्यक्रम गर्दै विगत १० देखि १४ वर्षसम्म निःशुल्क रुपमा रेडियो कार्यक्रम प्रसारण गर्दै आएको रेडियो जनसञ्चार, मेरो एफ.एम, रेडियो सिन्धु, सेफर र रेडियो मेलम्चीलाई सम्मानित गरेको थियो । नेपाली सेनाको रेडियो कार्यक्रम प्रशारण गरेका सयौं रेडियोहरु मध्ये केही रेडियोलाई मात्रै यस पटक सम्मानित गरेको थियो । नेपाली सेनाको आयोजनामा सुरु भएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न गरेको हो ।

यही वैशाख २८ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम आज एक कार्यक्रमका बीच सैनिक मुख्यालय भद्रकालीमा समापन गरिएको हो ।

समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक, सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने २९ जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा विगत लामो समयदेखि काठमाण्डौँ तथा आसपासका जिल्लाहरूमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने ५ वटा एफएम रेडियो स्टेशनहरूलाई सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत गराइएको थियो ।

यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेनाका अनुसार हालसम्म देशका विभिन्न स्थानमा आयोजना गरिने अभिमुखीकरण कार्यक्रममा देशभरका ६ सयभन्दा धेरै सञ्चारकर्मी सहभागी भइसकेका छन् ।