बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन

बागमती प्रदेश बक्सिङ्ग संघको नयाँ नेतृत्व चयन
काठमाण्डौं, २६ बैशाख । बागमती प्रदेश बक्सिङ्ग संघको दोश्रो बार्षिक साधारण सभा तथा निर्वाचन अधिवेशनबाट आठौं साफका गोल्डमेडलिस्ट रामचन्द्र थापामगरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गर्यो । जसमा उपाध्यक्षमा अनिल प्रसाद दाहाल, सचिव रामकृष्ण प्रजापति, कोषाध्यक्षमा नयन बहादुर भण्डारी, सदस्यहरुमा अनुशा थापामगर, संगीता राना, कृष्ण बहादुर कुमाल, हरि खतिवडा र अमित मानन्धर सर्वसम्मत निर्वाचित गरियो ।


उक्त कार्यक्रम पूर्व सास्कृति र पर्यटन मन्त्री एवम् प्रदेश सांसद माननीय दिपेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलीत गरी उद्घाटन गर्नुभयो भन्ने उद्घाटन मन्तव्य राख्दै बक्सिङ्ग रिङ्गमा मात्र नभई अदालतको कठघरामा उभिएर विवाद निरुपन गरी जीत हासिल गरेर साधारण सभा तथा अधिवेशन हुन सफल भएकोमा बधाई दिनुहुँदै संघर्षबाट आएकोले फलदयी भएको छ भन्नुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जितिराखेको यस बक्सिङ्ग खेलमा सरकारले खेलकुदलाई प्रथामिकता नदिँदा विस्तारै खस्कँदै गएको गम्भिर विषय भएको बताउँदै सरकारले प्रतियोगिता संचालन गर्ने, कवर्डहल निर्माण र खेलाडीहरुको निम्ति राहत र पूर्वाधार निर्माण सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय स्तर कवर्ड हल निर्माण सरकारको सपना हुनुपर्ने बताउँदै स्थान उपलब्ध गरिदिए बागमती प्रदेश सरकारलाई अनुरोध गरेर बजेत राख्न लगाउन भरपुर मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि मान बहादुर भण्डारीले बाधा अड्चन पन्छाएर अधिवेशन गर्न सफल भएको बताउँदै राष्ट्रिय खेलकुद परिषद्ले गर्न नसकेको अवस्थामा बागमती प्रदेशले खेलकुद प्रतियोगिता गरेर राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी तयार गरिरहेको बताउनुभयो । उहाँले पहिले ओलम्पिक १९६४ मा नेपालका ४ जना बक्सर सहभागी भएको गर्भिलो इतिहास बोकेको खेलमा नाताबाद, कृपावाद र भनसुनले विग्रिएको बताउँदै योग्य, सक्षम खेलाडीहरुको इमान्दारी पूर्वक छनौट गर्ने र काम गर्ने क्षमतावानलाई राज्यले सिफारिस गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य एवम् अधिवेशनका प्रतिनिधि कल्पना खड््काले १३ जिल्ला संघ गठन गरी बक्सिङ्ग खेलको विकास र प्रगति र उन्नतीको कमना गर्नुभयो ।
कार्यक्रम बागमती प्रदेश बक्सिङ्ग संघ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरको सभापत्विमा सम्पन्न कार्यक्रममा स्वागत रामकृष्ण प्रजापतिले गनुभयो भने संचालन थ्री स्टार रेफ्रि सन्तोष आलेमगरले गर्नुभयो । कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका उपाध्यक्ष ओम नारायण श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन पनि बोल्नुभएको थियो भने नेपाल बक्सिङ्ग महासंघका उपाध्यक्ष राम गिरी, उपाध्यक्ष किरण श्रेष्ठ, सचिव पुष्करराज पन्त, केन्द्रीय सदस्य रेखा थापामगर, मुख्य प्रशिक्षक प्रकाश थापामगर र पूर्व मुख्य प्रशिक्षक प्रचण्ड शर्माको सहभागी रहेको थियो ।
अधिवेशनमा निर्वाचित समितिका संयोजक श्याम रोक्काले निर्वाचितहरुलाई सपथ गराउनुभयो भने प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य एवम् अधिवेशनका प्रतिनिधि कल्पना खड््काले प्रमाणपत्र वितरण गर्नुभयो ।